×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

मनीष तिम्सिना पन्जाबको गोलकिपर प्रशिक्षक

२६ श्रावण २०८१

२६ साउन, काठमाण्डौ ।
खेलक्षेत्रको विभिन्न विधामा पावर हाउस रहेको छिमेकी मुलुक भारतमा पछिल्लो समय नेपाली खेलाडीहरु अनुबन्धन हुने क्रम पनि बढेको छ । चाहे क्रिकेट होस् वा फुटबल भारतीय क्लबहरुले नेपाली खेलाडीमाथि बोली लगाउन थालेका छन् । आईपीएल क्रिकेटमा नेपालका स्टार लेग स्पीनर संदीप लामिछानेले सहभागिता जनाइसकेका छन् भने फुटबल प्रतियोगिताहरुमा नेपाली खेलाडी अनुबन्ध हुने क्रम बढ्दो छ ।

महिला फुटबलमा त नेपालका खेलाडीहरुले त्यहाँ रेकर्ड नै बनाएका छन् । नेपालबाट खेलाडीमात्रै होइन प्रशिक्षकसमेत भारतले अनुबन्ध गराएको छ । पछिल्लो पटक नेपाली प्रशिक्षक मनीष तिम्सिनालाई पनि इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । पन्जाबले शुक्रवार आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका रुपमा आबद्ध भएको जनाएको छ ।

Advertisement
Advertisement

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले गत सिजन सम्म पन्जाबबाट व्यवसायिक फुटबल खेलेका थिए । यस अघि प्रशिक्षक तिम्सिना इन्डियन (आइ) लिग गोकुलम केरेला एफसीमा थिए गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । एएफसी ए लाइन्स प्राप्त ३७ वर्षीय तिम्सिना सन् २०२१–२२ को सिजनका लागि केरेलामा आबद्ध हुँदै आइ लिग टोलीमा प्रशिक्षक बन्ने पहिलो नेपाली बनेका थिए ।

उनी ३ सिजन केरेलामा रहेका थिए । पछिल्लो छ महिना भने उनी नेपाली राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकका रुपमा रहेका थिए । आइएसएल टोलीमा गोलकिपर प्रशिक्षक बन्ने पनि तिम्सिना पहिलो नेपाली बनेका छन् । ‘एक दशकदेखिको प्रशिक्षण, आइ लिग र राष्ट्रिय टोलीको अनुभवका कारण मैले अर्को मौकाका रुपमा आइएसएल टोलीमा आबद्ध भएको छु, तिम्सिनाले भने,’ यो मेरो लागि अवसर त हो नै । त्योसँगै आफूलाई थप प्रमाणित गर्ने चुनौती पनि हो ।’

एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा लामो समय काम गरेका तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेलिसकेका छन् । पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका तिम्सिना एक दशक यता प्रशिक्षणमा सामेल छन् । विराटनगरका उनले साफ यू १५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

यसैबीच यता तीनवटा विश्वकप खेलिसकेका जापानी फुटबल खेलाडी केसुके होन्डासम्मिलित भुटानी क्लब पारो एफसी नेपाल आइपुगेको छ । टोली शनिबार बिहान काठमाडौं आइपुगेको हो । एफसी च्यालेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत चर्च ब्वाइज युनाइटेडविरुद्धको खेल्न पारो नेपाल आएको हो । यी दुईबीचको खेल मंगलबार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top