नेपालमा कति छ प्रहरीको संख्या ?

२६ साउन ८१, आइतबार

२७ साउन, काठमाण्डौ ।

नेपाल प्रहरीमा करिब २७ हजार दरबन्दी थप गर्नुपर्ने भएको छ । विभिन्न स्थानीय तहमा अस्थायी पोष्ट राख्नका लागि परेको निवदेनका आधारमा प्रहरीले २७ हजार जनशक्ति थप्नुपर्ने बताएको हो । विभिन्न ठाउँमा प्रहरी पोष्ट राख्नका लागि निवेदन परेका छन् । यसलाई अध्ययन गर्दा थप २७ हजार प्रहरी आवस्यक पर्ने देखिन्छ, प्रहरी प्रवक्ता डीआइजी दानबहादुर कार्कीले भने ।

पछिल्लो समय प्रहरीको अनुशन्धान हत्या, लुटपाटको केसमा मात्र सीमित छैन् । आर्थिक अपराध र साइबर अपराधमा पनि प्रहरीले धेरै समय दिनु परेको छ । जसले गर्दा प्रहरीको माग बढ्दै गएको हो । तर प्रहरीले दरबन्दी थपका लागि सरकारसामु प्रस्ताव गर्नै छाडेको छ । ६ हजार दरबन्दी थप गर्न यसअघि नै पटक पटक गरेको प्रस्ताव गृह र अर्थ मन्त्रालयले फिर्ता गरिदिएका कारण प्रहरीले ताकेता गर्न छाडेको हो ।

प्रहरीमा पछिल्लो पटक २०७६ असोजमा ३ हजार ५९६ दरबन्दी थपिएको थियो । त्यसको एक वर्षअघि २०७५ जेठ २७ मा ३ हजार ३३७ दरबन्दी थपिएको थियो । प्रहरीको दरबन्दी अहिले ७९ हजार ५४१ छ । त्यसमध्ये करिब ३३ हजार पछिल्लो १६ वर्षमा थपिएको हो । प्रहरीमा ८ हजार ८७७ जना अर्थात ११.७३ प्रतिशत महिला छन् ।

हाल कायम दरबन्दीमध्ये ३ हजार ८५७ दरबन्दी खाली रहेको छ । जागिर छोड्ने प्रवृत्ति बढ्नुका साथै भर्ना प्रक्रिया लामो भएका कारण ४.८५ प्रतिशत दरबन्दी खाली हुन पुगेको हो । लामो भर्ना प्रक्रिया र राजीनामाको ट्रेन्ड बढेकाले धेरै दरबन्दी खाली भएको प्रवक्ता कार्कीले बताए । डीआईजी कार्की भन्छन्, प्रहरी भर्ना गर्न नै एक वर्षसम्म लाग्छ ।

तर रिक्त नभई विज्ञापन गर्न मिल्दैन । जसले गर्दा लामो समय दरबन्दी खाली हुने गरेको हो । पछिल्लो समय अवकाशका साथै राजीनामाले पनि खाली दरबन्दी धेरै भएको देखिन्छ । गत आर्थिक वर्ष ७९२ प्रहरीले राजीनामा दिएका थिए । गएको पाँच वर्षमा ६ हजार ९८३ प्रहरीले राजीनामा बुझाएको तथ्यांक छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top