×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

टोरोन्टो बन्यो च्याम्पियन, रोहित भने ‘बेन्च’मै सीमित

२८ श्रावण २०८१

२८ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको छ ।

टोरोन्टोले उपाधि भिड्न्तमा आइतबार मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले हराएको हो । तर, फाइनलमा नेपाली ब्याटर रोहितले भने प्लेइङ–११ मा मौका पाएनन् ।

Advertisement
Advertisement

ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियलले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

टोरोन्टोको जितमा आन्द्रेस गोसले अविजित ५८ रन बनाए । रसी भान डेर डुसेनले ३० रन थपे । मोन्ट्रियलका अज्मतुल्लाह ओमरजाई र कार्बिन बोस्चले समान एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै मोन्ट्रियलले नौ विकेट गुमाएर ९६ रनको योगफल खडा गरेको थियो ।

मोन्ट्रियबाट कोर्विन बोस्चले सर्वाधिक ३५ रन बनाएका थिए । जस्कारन सिंहले १६ र अनुप रविले १० रन थपे । टोरोन्टोका जेसन बेरेन्ड्रोफले तीन विकेट लिए । रोमारियो सेफर्डले दुई विकेट लिँदा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथिरुले समान एक विकेट लिए ।

Advertisement
Advertisement

रोहितले पहिलोपटक क्यानडाको लिग खेलेका हुन् । रोहितबाहेक यस प्रतियोगितामा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको पनि सहभागिता थियो । तर, उनीहरू सम्मिलित भान्कुभर किङ्स क्रिकेट क्लब एक खेलमात्रै जितेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top