भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

२८ साउन ८१, मंगलबार

२९ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी-१० लिग नखेल्ने भएका छन् ।

भिसा समस्याले गर्दा रोहित र दीपेन्द्रले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी-टेन लिग नखेल्ने उनीहरूका व्यवस्थापक रवि तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार वेस्ट इन्डिज जाने प्रक्रिया नमपलर्का कारण रोहित र दीपेन्द्र क्यानडामै रोकिएका हुन् ।

टी-१० ले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट रोहित र दीपेन्द्रलाई अनुबन्ध गरेको थियो ।

रोहित मियामी लायन्स तथा दीपेन्द्रसिंह ग्रान्ड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका हुन् । रोहित दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज टोलीमा आबद्ध भएका हुन् । यसअघि उनी क्यानडाको ग्लोबल टी–२० लिगमा पहिलोपटक आबद्ध भएका थिए ।

क्यानडामा आगामी महिना हुने विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि उनीहरूले अब त्यही अभ्यास गर्ने छन् ।

नेपाली क्रिकेट टोली अहिले अभ्यासको लागि भारतमा छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता अभ्यास गर्ने छ ।

भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै छन् ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका टोली सोमबार भारत पुगेको थियो ।

बन्द प्रशिक्षणका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top