×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

राजाको राज्यभिषेक हुने दशरथ रंगशाला, अहिले किन यस्तो ?

३० श्रावण २०८१

३० साउन , विराटनगर ।

झण्डै ७० वर्षअघि २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकको अवसर पारेर केही खेल आयोजना गर्न दशरथ रंगशाला बनाइएको थियो । राज्यभिषेकमा राजपरिवारका सदस्य, मन्त्रीगण र आमन्त्रित अतिथिहरूलाई असहज नहोस् भनेर हतार–हतार गरेर त्यहाँको संरचना निर्माण भएको थियो । पछि वि.सं २०२२ मा रंगशालाको अभाव महसुस गरेर चीनसँग सम्झौता गरी दशरथ रंगशाला निर्माणको काम अघि बढ्यो ।

Advertisement
Advertisement

२०२८ सालमा महेन्द्रको निधनपश्चात वीरेन्द्रको राज्यभिषेक पनि दशरथ रंगशालामै भएको थियो । निर्माण थालेको करिब अढाइ दशकपछि अर्थात् २०३७ सालमा अन्तर्राष्ट्रियस्तरको मान्यता पाउनेगरी रंगशाला निर्माण सम्पन्न भएको थियो । तर, २०४४ सालमा फुटबल खेल भइरहेका बेला आएको हावा–हुन्डरीले निम्त्याएको भागदौडका कारण ९३ जनाको दुःखद निधन भएको थियो ।

सँगसँगै भौतिक संरचना पनि क्षतिग्रस्त हुनपुग्यो । सन् १९९९ को दक्षिण एसियाली खेलकुदका लागि चिनियाँ सरकारको सहयोगमा दशरथ रंगशाला मर्मत गरिएको थियो । तर, २०७२ सालको भूकम्पले पुनः रंगशालालाई क्षति पुर्‍यायो । सुरुदेखि ४१ हजार दर्शक क्षमताको उक्त रंगशाला पछिल्लो पटक २०७४ सालको मर्मपछि खुम्चिएर १४ हजार दर्शक क्षमताको बनेको छ ।

पुननिर्माणपछि प्याराफिटमा दर्शक क्षमता घटेपनि केही सुविधाहरु थपिएका छन् । रङ रोकन गरिएको छ , हेर्दा चिटिक्क त देखिन्छ । तर मुख्य मैदान, रंगशालाको भित्री रंग नै उडेको छ । अन्तर्राष्ट्रिय मान्यता पाएको रंंगशालामा खेलकुदका अलाबा विद्यालयका कार्यक्रमदेखि विभिन्न सांगितिक कार्यक्रम पनि हुन थालेपछि मैदान नराम्ररी बिग्रियो ।

नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू आयोजना गर्दै आएको यो रंगशाला स्कुलका सामान्य कार्यक्रम गर्न पनि भाडामा दिने गरिएको थियो । यी र यस्ता विविध समस्याले गर्दा एएफसीले मापदण्ड नपुगेको भन्दै अन्तर्राष्ट्रिय मान्यता रद्द गरिदियो । पछि पुनः मान्यता पाएर खेल खेलाइएको भए पनि भुटानको पारो एफसी र चर्चब्वाइजबीचको खेलपछि नेपाल खेल मैदानकै कारण आलोचना खेपिरहेको छ ।

विश्वकप खेलेका र एसिया कप जितेका जापानी विश्व चर्चित मिडफिल्डर केइसुके होन्डाले मैदानबारे दिएको टिप्पणीले विश्व खेलजगतमा नेपालको ‘बेइज्जत’ नै भएको छ, भन्दा फरक नपर्ला । खेलअघिको प्रशिक्षणमा नै अपमानजनक टिप्पणी दिँदै नाक खुम्च्याएका होन्डाले खेलपछि झन् के सोचे होलान् ! भलै उनीआबद्ध पारोले जित निकाल्यो । हारेको भए उनीहरुले खेल मैदानलाई नै मुख्य कारक मान्ने थिए ।

अनि हुन सक्ने थियो अर्काे बबण्डर । जुन विषय प्रिम्याच कन्फ्रेन्समा पारोका प्रशिक्षकले उठाएका थिए । पारो र चर्च ब्वाइजका खेलाडीहरू फुटबल खेलाडी जस्तो नभएर धानखेतमा काम गरिरहेका बाउसेजस्ता देखिन्थे । खेलाडीहरू हिलोमा घस्रिएर फुटबल खेलिरहँदा खेल पदाधिकारीहरू अतिथिको कुर्सीमा बसेर रमाइरहेको दृश्य आँखामा बिझाए झै देखिन्थ्यो ।

खेल क्षेत्रमा लगानी भएन भन्ने पदाधिकारीहरूलाई पनि ज्ञात होला, खेलकुदमा पछिल्ला आर्थिक वर्षहरूमा बजेट बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रकम विनियोजन गरिएको थियो, जुन गत आर्थिक वर्षको तुलनामा झण्डै ५० करोडभन्दा बढी रकम हो । यसपटक युवा तथा खेलकुद मन्त्रालयलाई दिने बजेट चालु आर्थिक वर्षभन्दा ६३ करोड ४१ लाखले वृद्धि भयो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले खेलकुद मन्त्रालयलाई दुई अर्ब ८६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको थियो । खेल क्षेत्रको पूर्वाधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याइएको थियो । जसमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र भरतपुरस्थित गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गर्ने सरकारको योजना छ ।

काठमाडौंस्थित मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरब आयोजनाको रूपमा निर्माण गर्ने अनि धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माणमा तीव्रता दिने सरकारको योजना छ । प्रत्येक वर्ष आउने बजेटअन्तर्गत खेलकुद मन्त्रालयलाई प्राप्त हुने बजेटको अधिकांश हिस्सा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाउँछ ।

अनि, नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दशरथ रंगशालालगायत अरू रंगशालाहरू राखेपकै अधीनमा रहन्छन् । तर, उसले रंगशाला स्तरोन्नति गर्ने र मर्मत गर्नेभन्दा पनि भाडा उठाउन निजी क्षेत्रलाई कार्यक्रम गर्न दिएर भएका मैदानको संरक्षण होइन बिगार्ने काम गरिरहेको हो कि भन्ने अनुमान लगाउन हिजोको मैदानको अवस्थाले बाध्य पारेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top