NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Игра Клуб Интерактивный Игорный дом: Официальный журнал Loto Club बुधबार माघ ७ , २०८२
Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ बुधबार माघ ७ , २०८२
Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club बुधबार माघ ७ , २०८२
2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874 बुधबार माघ ७ , २०८२
Top casinos liste : quel casino en ligne choisir en 2024 ? बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

राजाको राज्यभिषेक हुने दशरथ रंगशाला, अहिले किन यस्तो ?

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
राजाको राज्यभिषेक हुने दशरथ रंगशाला, अहिले किन यस्तो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० साउन , विराटनगर ।

झण्डै ७० वर्षअघि २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकको अवसर पारेर केही खेल आयोजना गर्न दशरथ रंगशाला बनाइएको थियो । राज्यभिषेकमा राजपरिवारका सदस्य, मन्त्रीगण र आमन्त्रित अतिथिहरूलाई असहज नहोस् भनेर हतार–हतार गरेर त्यहाँको संरचना निर्माण भएको थियो । पछि वि.सं २०२२ मा रंगशालाको अभाव महसुस गरेर चीनसँग सम्झौता गरी दशरथ रंगशाला निर्माणको काम अघि बढ्यो ।

२०२८ सालमा महेन्द्रको निधनपश्चात वीरेन्द्रको राज्यभिषेक पनि दशरथ रंगशालामै भएको थियो । निर्माण थालेको करिब अढाइ दशकपछि अर्थात् २०३७ सालमा अन्तर्राष्ट्रियस्तरको मान्यता पाउनेगरी रंगशाला निर्माण सम्पन्न भएको थियो । तर, २०४४ सालमा फुटबल खेल भइरहेका बेला आएको हावा–हुन्डरीले निम्त्याएको भागदौडका कारण ९३ जनाको दुःखद निधन भएको थियो ।

सँगसँगै भौतिक संरचना पनि क्षतिग्रस्त हुनपुग्यो । सन् १९९९ को दक्षिण एसियाली खेलकुदका लागि चिनियाँ सरकारको सहयोगमा दशरथ रंगशाला मर्मत गरिएको थियो । तर, २०७२ सालको भूकम्पले पुनः रंगशालालाई क्षति पुर्‍यायो । सुरुदेखि ४१ हजार दर्शक क्षमताको उक्त रंगशाला पछिल्लो पटक २०७४ सालको मर्मपछि खुम्चिएर १४ हजार दर्शक क्षमताको बनेको छ ।

पुननिर्माणपछि प्याराफिटमा दर्शक क्षमता घटेपनि केही सुविधाहरु थपिएका छन् । रङ रोकन गरिएको छ , हेर्दा चिटिक्क त देखिन्छ । तर मुख्य मैदान, रंगशालाको भित्री रंग नै उडेको छ । अन्तर्राष्ट्रिय मान्यता पाएको रंंगशालामा खेलकुदका अलाबा विद्यालयका कार्यक्रमदेखि विभिन्न सांगितिक कार्यक्रम पनि हुन थालेपछि मैदान नराम्ररी बिग्रियो ।

नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू आयोजना गर्दै आएको यो रंगशाला स्कुलका सामान्य कार्यक्रम गर्न पनि भाडामा दिने गरिएको थियो । यी र यस्ता विविध समस्याले गर्दा एएफसीले मापदण्ड नपुगेको भन्दै अन्तर्राष्ट्रिय मान्यता रद्द गरिदियो । पछि पुनः मान्यता पाएर खेल खेलाइएको भए पनि भुटानको पारो एफसी र चर्चब्वाइजबीचको खेलपछि नेपाल खेल मैदानकै कारण आलोचना खेपिरहेको छ ।

विश्वकप खेलेका र एसिया कप जितेका जापानी विश्व चर्चित मिडफिल्डर केइसुके होन्डाले मैदानबारे दिएको टिप्पणीले विश्व खेलजगतमा नेपालको ‘बेइज्जत’ नै भएको छ, भन्दा फरक नपर्ला । खेलअघिको प्रशिक्षणमा नै अपमानजनक टिप्पणी दिँदै नाक खुम्च्याएका होन्डाले खेलपछि झन् के सोचे होलान् ! भलै उनीआबद्ध पारोले जित निकाल्यो । हारेको भए उनीहरुले खेल मैदानलाई नै मुख्य कारक मान्ने थिए ।

अनि हुन सक्ने थियो अर्काे बबण्डर । जुन विषय प्रिम्याच कन्फ्रेन्समा पारोका प्रशिक्षकले उठाएका थिए । पारो र चर्च ब्वाइजका खेलाडीहरू फुटबल खेलाडी जस्तो नभएर धानखेतमा काम गरिरहेका बाउसेजस्ता देखिन्थे । खेलाडीहरू हिलोमा घस्रिएर फुटबल खेलिरहँदा खेल पदाधिकारीहरू अतिथिको कुर्सीमा बसेर रमाइरहेको दृश्य आँखामा बिझाए झै देखिन्थ्यो ।

खेल क्षेत्रमा लगानी भएन भन्ने पदाधिकारीहरूलाई पनि ज्ञात होला, खेलकुदमा पछिल्ला आर्थिक वर्षहरूमा बजेट बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रकम विनियोजन गरिएको थियो, जुन गत आर्थिक वर्षको तुलनामा झण्डै ५० करोडभन्दा बढी रकम हो । यसपटक युवा तथा खेलकुद मन्त्रालयलाई दिने बजेट चालु आर्थिक वर्षभन्दा ६३ करोड ४१ लाखले वृद्धि भयो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले खेलकुद मन्त्रालयलाई दुई अर्ब ८६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको थियो । खेल क्षेत्रको पूर्वाधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याइएको थियो । जसमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र भरतपुरस्थित गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गर्ने सरकारको योजना छ ।

काठमाडौंस्थित मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरब आयोजनाको रूपमा निर्माण गर्ने अनि धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माणमा तीव्रता दिने सरकारको योजना छ । प्रत्येक वर्ष आउने बजेटअन्तर्गत खेलकुद मन्त्रालयलाई प्राप्त हुने बजेटको अधिकांश हिस्सा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाउँछ ।

अनि, नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दशरथ रंगशालालगायत अरू रंगशालाहरू राखेपकै अधीनमा रहन्छन् । तर, उसले रंगशाला स्तरोन्नति गर्ने र मर्मत गर्नेभन्दा पनि भाडा उठाउन निजी क्षेत्रलाई कार्यक्रम गर्न दिएर भएका मैदानको संरक्षण होइन बिगार्ने काम गरिरहेको हो कि भन्ने अनुमान लगाउन हिजोको मैदानको अवस्थाले बाध्य पारेको छ ।

Tags: #दशरथ रंगशाला#राजाको राज्यभिषेक

लोकप्रीय

Игра Клуб Интерактивный Игорный дом: Официальный журнал Loto Club

बुधबार माघ ७ , २०८२

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२

विचार

Игра Клуб Интерактивный Игорный дом: Официальный журнал Loto Club

बुधबार माघ ७ , २०८२

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Игра Клуб Интерактивный Игорный дом: Официальный журнал Loto Club

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२
ताजा समाचार

2 вывески loto club имя Нурсултан: продажа, человек в Алматы Привилегии рекламных агентств больше Товарищество VITYAZMAX 79236874

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

हालका पोस्टहरू

Игра Клуб Интерактивный Игорный дом: Официальный журнал Loto Club

बुधबार माघ ७ , २०८२

Loto Club Игры Онлайн Официальный веб-журнал Лото Клуб KZ

बुधबार माघ ७ , २०८२

Играйте в Игра Авиаклуб Казахстан: Онлайн Лотереи Loto Club

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.