×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङको केराबारीमा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु

३१ श्रावण २०८१

३१ साउन, विराटनगर ।

मोरङको केराबारी गाउँपालिकामा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-९ स्थित स्कुल चौकका मनोज पण्डितकी छोरी प्रतीमा पण्डित रहेकी छन् ।

बुधबार साँझ विद्यालयबाट घर फर्केपछि शौचालयमा गएको बेला प्रतीमालाई विषालु सर्पले डसेको थियो ।

सर्पले डसेको कुरा अभिभावकले थाहा पाउनासाथ बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र पठाइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । तर, अस्पताल पुग्दा चिकित्सकहरूले बालिकाको मृत्यु भइसकेको बताएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top