×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

सहकारीदेखि पासपोर्टसम्मः रविमाथि मुकुलका प्रश्नैप्रश्न, मागे राजीनामा

३१ श्रावण २०८१

 ३१ साउन ,काठमाण्डौ ।

पार्टीबाट निष्काशनको अन्तिम तयारी भईरहदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाल अझै डोरी जलिसक्यो तर बल गएको छैन् भन्ने उखानलाई चरितार्थ गर्न लागि परेका छन् । पार्टीले उनलाई स्पष्टीकरण सोध्दै निकाल्ने तयारी गरिरहँदा मुकुलले भने उल्टै सभापतिमाथि औंला उठाएका छन् । ढकाललाई पार्टीको भ्रम सिर्जना गर्ने काम गरेको भन्दै रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

Advertisement
Advertisement

आफूलाई पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले सभापति रवि लामिछानेमाथि नै प्रश्न तेर्स्याएका छन् । उनले पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएको बताएका छन् ।

“मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक रूपले पतित हुनु भएको छैन् भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु,” ढकालले भनेका छन् ।

ढकालले सहकारी प्रकरणमा लामिछानेमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन् । “सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? तपाईँले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईँको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ,” ।

उनले सोधेका छन्, “सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?”

उनको दोस्रो प्रश्न पासपोर्ट सम्बन्धी रहेको छ । “तपाईँले दुईवटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाईँ मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईँले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने ? आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?,”

ढकालले सोधेको दोस्रो प्रश्नमा भनिएको छ । उनले तेस्रो प्रश्न लामिछाने गृहमन्त्री भएको बेला गरिएका कामका बारेमा सोधेका छन् । “नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईँले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नु भयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन ? आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैङ्क स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?,” ढकालको प्रश्न छ ।

उनले यीबाहेक पनि थुप्रै प्रश्नहरू बाँकी रहेको बताउँदै समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले सोधेको भन्दै जवाफ दिने आँट गर्न लामिछानेलाई चुनौती दिएका छन् । “आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु । तपाईँले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइदिनुहोस्,” ढकालले भनेका छन्,

“अन्त्यमा स्मरण रहोस् मैले पार्टी स्थापना भए देखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टी भित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरू माथि झुटा आरोप लगाउने जस्ता क्रियाकलाप गरेको छैन र गर्ने पनि छैन । पार्टी स्थापना हुनु अगाडी बाट नै वैकल्पिक शक्तिको रूपमा पार्टीलाई उभ्याउन लागिरहेको थिए, लागिरहेको छु र लागिरहने छु ।”

यता रास्वपाले भने चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप पत्र पठाइएको बताएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काटेको पत्रमा मुकुललाई कोट गर्दै लेखिएको समाचारका लिंकहरुसमेत पठाइएको छ । मुकुललाई पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट मुक्त गर्दा पुनरावेदन गर्ने समय दिएकोमा पुनरावेदन नगरी संचारमाध्यममा पार्टीहित विरुद्ध बोलेको आरोप लगाइएको छ । यससंगै अहिले पार्टीको साधारण सदस्यमा मात्र सीमित रहेका मुकुल अब भने पार्टीबाट पूर्णरुपमा निश्किासित हुने देखिएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top