×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु

३१ श्रावण २०८१

साउन ३१ ,एजेन्सी ।

स्पानिस जायन्ट रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता रियलले युइएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे ।

Advertisement
Advertisement

एमबाप्पे यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा म्याड्रिडमा अनुबन्ध भएका थिए । वार्सा पोल्यान्डमा बिहीबार राति भएको खेलमा रियलले एटलान्टाविरुद्ध आफ्नो पहिलो रोजाईकै टोली उतारेको थियो । फेडे भाल्भर्डेले गोलको सुरुवात गरेको ९ मिनेटपछि डेब्यु खेल खेलिरहेका एमबाप्पेले गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

भिनिसियस जुनियरको पासमा रोड्रिगोको प्रहार क्रसबारमा लागेर फर्कदा रियलले पहिलो हाफमा अग्रता लिन सकेन । थिबाउट कोर्टुवाले दोस्रो हाफको सुरुमै मारियो पासालिकको हेडरलाई उत्कृष्ट बचाउ गर्दे रियललाई खेलमा कायम राखे । त्यसपछि ५९औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले एक खेलाडीलाई बिट गर्दै जुड बेलिङहमबाट आएको पासमा पछिल्लो ग्यालेक्टिकोको लागि डेब्यु गरिरहेका एमबाप्पे चुकेनन् । एम्बाप्पे क्लबका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गर्ने पहिलो म्याड्रिड खेलाडी हुन् । १२ महिनाअघि बेलिङहमले एथलेटिक बिल्बाओविरुद्धको खेलमा गोल गरेका थिए ।

त्यसअघि सन् २०१६ मा मार्को एसेन्सियोले सेभियाविरुद्ध सुपर कपमा गोल गरेका थिए । रियल म्याड्रिडको यो छैटौं सुपर कप उपाधि हो । यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । बार्सिलोनाले पाँचपटक उपाधि जितेको छ । प्रशिक्षक कार्लाे एन्सेलोटीले पाँचपटक जितेका छन् । एन्सेलोटीले २००३ र २००७ मा एसी मिलानबाट यो उपाधि जितेका थिए ।

उसको पाँच सुपर कप जित कुनै पनि प्रशिक्षकको लागि सबैभन्दा धेरै हो, बुधवारको जितले उसले पेप गार्डियोला (चार) लाई पछि पारेको छ । यता अल ताओनलाई हराउँदै अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । साउदीको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा गएराति भएको सेमिफाइनलमा अल ताओनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

अल नासरका लागि खेलको ८ औं मिनेटमा एहन अहमद र खेलको ५७ औँ मिनेटमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरे । यो गोलसँगै रोनाल्डो लगातार २३ सिजनमा कम्तीमा एक गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अल नासरका मार्सेलो ब्रोजोभिच खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । अब अल नासरले उपाधिका लागि फाइनलमा अल हिलालसँग खेल्नेछ ।

अल हिलालले अल एहेलीलाई ट्राइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ । यसैबीच स्पानिस ला लिगाको नयाँ सिजन २०२४–२५ आज देखिबाट हुँदैछ । सिजनको पहिलो खेलमा एथ्लेटिक विल्वाओ र गेटाफे आमनेसामने हुँदैछन् । यो खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ ।

दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् । २० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । रियललाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ । लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै यस सिजन ला लिगा खेल्दैछन् । अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परेका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top