×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

सबैभन्दा बढी ब्याज दिने बैंक कुन हुन् ?

३२ श्रावण २०८१

३२ साउन , काठमाण्डौ ।

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा भदौमा ११ वाणिज्य बैंकले ब्याजदर सामान्य घटाएका छन्। बैंकहरूले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन्। तरलताा अधिक भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर क्रमशः कम गर्न थालेका हुन्।

Advertisement
Advertisement

साउनको तुलनामा भदौमा संस्थागततर्फ नेपाल बैंकले ०.२५ प्रतिशत, एभरेस्ट बैंकले ०.२ प्रतिशत, प्रभु बैंकले ०.९ प्रतिशत, सानिमा बैंकले ०.०५ प्रतिशत निक्षेपको ब्याजदर घटाएका हुन्। यस्तै सिद्धार्थ बैंकले ०.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले ०.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत, हिमालयन बैंकले ०.५ प्रतिशत, एनएमबी बैंकले ०.१२ प्रतिशत र एनआईसी एसिया बैंकले ०.१२ प्रतिशत ब्याजदर घटाएका हुन्।

यसैगरी प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाउँदा अन्य ८ बैंकले भने घटबढ गरेका छैनन्। भदौका लागि नेपाल बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत कायम गरेको छ। यस्तै कृषि विकास बैंकले व्यक्तिगततर्फ ६.०६५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत कायम गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज कायम गरेको छ।

यस्तै एभरेस्ट बैंकले भने व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ। प्रभु बैंकले व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर कायम गर्दा सानिमा बैंकले व्यक्तिगततर्फ ६.२ प्रतिशत र संस्थागततर्फ ४.९ प्रतिशत ब्याजदर कायम गरेको छ। यसैगरी नेपाल एफबीआई बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर र संस्थागततर्फ भने ५.२५ कायम गरेको छ।

ग्लोबल आईएमई बैंक र लक्ष्मी सनराइज बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यस्तै सिटिजन्स बैंकले भने व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थगततर्फ ५ प्रतिशत ब्याजदर राख्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ६.५ र व्यक्तिगततर्फ ५.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। यसैगरी प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गर्दा स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतर्फ ७ र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।

नबिल बैंकले भने व्यक्तिगततर्फ ७ प्रतिशत संस्थागततर्फ ४.५ प्रतिशत तोक्दा हिमालयन बैंकले व्यक्तितगतर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ। यसैगरी एनएमबी बैंक र एनआईसी बैंकको ब्याजदर भने अन्यले भन्दा बढी ब्याजदर तोकेका छन्। साउन महिनाको तुलनामा ०.१२ प्रतिशत ब्याजदर घटाए पनि यी बैंकले भदौमा व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ भने ६.४१ प्रतिशत ब्याज कायम गरेका हुन्।

नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । लगानीयोग्य रकम पर्याप्त भएपछि बैंकहरू निक्षेप आकर्षण गर्नतर्फ नलागेको देखिन्छ । राष्ट्र बैंकका अनुसार, हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७९.०२ प्रतिशतसम्म झरेको अवस्था छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनानुसार अझै बैंकहरूमा जम्मा भएको निक्षेपको करिब ११ प्रतिशत कर्जा लगानी गर्न सक्ने अवस्थामा छ । आउँदा दिनमा पनि ब्याजदर घट्दै जाने बैंकरले बताउँदै आएका छन् । यसले गर्दा आउँदा दिनमा धितोपत्र दोस्रो बजारमा अझै पैसा आउन सक्ने सम्भावना छ । पछिल्ला दिनमा शेयर बजारमा कीर्तिमानी कारोबार भइरहेको छ भने बजार समेत लगातार बढिरहेको छ ।

अहिलेको बुल मार्केट अल टाइम हाईको बाटोमा रहेको विश्लेषण गरिएको छ । बिहीबारको नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top