भोटे कोशीको बहाव बढेर थामे गाउँमा क्षति, सेनाले गर्‍यो सात जनाको उद्दार

३२ साउन ८१, शनिबार

३२ साउन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेस्थित रहेको भोटे कोशीको बहाव अचानक बढेर क्षति भएको छ ।

Advertisement

शुक्रबार दिउँसो २ बजेतिर भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेको तीन वटा घर बगाएको छ भने एउटा होस्टेल र चार/पाँचवटा घर जोखिममा रहेको छ ।

तत्काल मानवीय क्षति नभएको बुझिन आएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।

Advertisement

बाढीमा फसेका सात जनाकाे सेनाकाे टाेलीले उद्दार गरेकाे छ । ओखलढुगा र खाेटाङकाे तटीय क्षेत्र पनि यसबाट प्रभावित छ । बाढी पसेकाे गाउँबाहेक अन्यत्र क्षति भएकाे सूचना नभए पनि सुरक्षा सतर्कता अपनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top