×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

पशुपति कोटिहोमस्थल किन बन्यो तनावस्थल ?

१ भाद्र २०८१

१ भदौ , काठमाण्डौ।

साउन महिनाभर पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञ शुक्रबार समापन भएको छ ।

Advertisement
Advertisement

यो महायज्ञले त्यहाँ पुग्ने भक्तजनको त ध्यान आकृष्ट गर्यो नै नपुगेकाहरुलाई पनि कहिले धार्मिक गुरुहरु जोडिएका विवादित विषय त कहिले सामाजिक संजाल वा समाचारहरुमा त्यहाँ देखिएको भीडले चासो बढायो ।

विभिन्न कारणले चर्चामा रहेको यो महायज्ञ एक महिनासम्म शान्तिपूर्णरुपमा नै सञ्चालन भयो ।तर शुक्रबार समापनको रात भने निकै हंगामा भयो । राति १० बजेतिर कोटीहोमस्थलमा अचानक प्रहरी प्रवेश गरेपछि तनाव सुरु भएको थियो । महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि महायज्ञ स्थल तनावग्रस्त भएको हो ।


विजय कृष्णमूर्तिले शुक्रबार मध्यराति फेसबुक लाइभ गर्दै आफूलाई पक्राउ गर्न गौशाला प्रहरी आएको भन्दै आफ्ना भक्तजन÷समर्थकहरूलाई प्रतिकार गर्न आदेश दिए । त्यसलगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । यस क्रममा सादा पोसाकमा रहेका केही प्रहरीलाई हातपात पनि भएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले पनि शुक्रबार राति पशुपतिमा प्रहरी पठाइएको र केही बेर तनाव भएको पुष्टि गरेका छन् ।

प्रहरीले कृष्णमूर्तिले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को बारेमा सोधपुछ गर्न खोजिएको बुझिएको छ ।यसअघि उनी विभिन्न मुद्दामा पक्राउ परेको र अदालतबाट फैसला भए अनुसार ठगी मुद्दामा १ वर्ष २ महिना थुनामा बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेको प्रहरीको ‘अपराध रेकर्ड’मा देखिन्छ । उनीमाथि ठगीका आरोपहरु छन् । उनले विगतमा अमेरिका पठाइदिने भन्दै मानिसहरुसँग पैसा उठाएका थिए ।

तर, अपराध रेकर्डमा भएको कुरा अहिले उनले लिएको प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख छैन । प्रहरी चारित्रिक प्रमाणपत्रमा कुनै मुद्दा नलागेको भन्ने विवरण ‘लेखाएर’ लिएको आरोप छ । यस्तोमा प्रहरी रिपोर्ट ‘कहाँबाट लिनुभयो ?’ भनेर उनीसँग सोधपुछ गर्न मात्रै खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले नै । उनले भने, ‘उहाँलाई पक्राउ गर्न खोजेका होइनौँ, सामान्य विषयमा बुझ्न मात्रै त्यहाँ प्रहरी पठाएका थियौँ ।’

धेरै पटक पक्राउ परेको र कैदमा बसेको भए पनि पुलिस रिपोर्ट कसरी ‘क्लियर’ आयो भन्नेबारेमा प्रश्न उठेको छ । ‘मिलेमतो’मा प्रहरी रिपोर्ट लिएका आशङ्कामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । यद्यपी अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको उनले बताए । यद्यपी प्रहरीले केही भक्तजनलाई बल प्रयोग गरेर घाइते बनाएको आयोजक पक्षको दावी छ ।

साथै, भण्डारीका समर्थकले पनि प्रहरीमाथि हातपात गरेका थिए । आफ्ना समर्थकको घेरामा रहेका भण्डारीले उत्तेजक अभिव्यक्ति दिए । उनले पशुपति मन्दिर अब रणभूमि बन्ने बताएका थिए । नेपालको हालत श्रीलंका र बंगलादेशजस्तो बनाइदिने चेतावनी पनि दिएका थिए ।
हिजो राती प्रहरीले पक्राउ गर्न खोजेपछि उनले आफू समर्थित पत्रकारको खोजी पनि गरेका थिए ।

‘हाम्रो कन्ट्र्याक्टका पत्रकार कहाँ छन् ?’ भन्दै उनले आक्रोश व्यक्त गरेको लाइभ भिडिओमा सुनिन्छ । कोटिहोमको प्रचारप्रसारका लागि भण्डारीले केही युट्यूबर र पत्रकार भाडामा लिएका थिए । तर, अचानक घटना भएको हुँदा उनीहरु घटनास्थल पुग्न भ्याएका थिएनन् । पछि भण्डारीको फेसबुक पेजबाटै घटनाको सबै लाइभ गरिएको थियो ।

समर्थकले निरन्तर नारावाजी र अवरोध गरेपछि प्रहरी टोली फिर्ता हुन बाध्य भए । तर, त्यसपछि पनि तनाव रोकिएन । भण्डारी र उनका समर्थकले कोटीहोमको मञ्चमा उभिएर चर्का चर्का भाषणहरु गरे । उनीहरुले प्रहरी र सरकारलाई लल्कारे । मध्यराततिर फेरि एकपटक झडप भयो । एक ‘आलोचक’ ले आयोजक भण्डारीलाई महायज्ञको हिसाब गर्न माग गरेपछि भण्डारीका समर्थकले ‘भिजिलान्ते’ भन्दै उनीमाथि खनिएका थिए ।

ती आलोचकमाथि पनि लाठी प्रहार समेत भयो । यसैगरि एक पत्रकारमाथि पनि भण्डारीका समर्थक जाइलागे । नेपाल भ्यूजका पत्रकार श्यामसुन्दर पुडासैनीले उत्तेजित माहोलका बीच केही प्रश्नहरु भण्डारीका समर्थकलाई राखेका थिए । त्यसपछि उनी निशानामा परे । उनलाई मञ्चमै बोलाएर उपहासपूर्वक दुवोको माला लगाइयो । मञ्चबाट झरेपछि आफूलाई घेरेर कुटिएको तथा हेल्मेट, पर्स लुटिएको उनले बताएका छन् ।

यसैबीच कथावाचक रामकृष्ण उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘हिजो (शुक्रबार) राति प्रहरी प्रशासनले पशुपतिनाथ मन्दिर, कोटिहोम परिसरमा जे ग¥यो भनेर बाहिर आयो, सो गलत नै गरेको भन्ने हाम्रो ठहर हो। भित्री कारण अनेकौँ हुन सक्लान्, तर ज्यानमारालाई धरपकड गर्न गएजस्तै गर्नु अधैर्यताको परिणाम हो। भित्री कुरा चाँडै बाहिर आओस्। सन्देश राम्रो गएन।’

 

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top