×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यू–१९ विश्वकप छनोट नेपालमा, विश्वकप खेल्न विजेता बन्नु पर्ने

२ भाद्र २०८१

२ भदौ , काठमाण्डौ ।

नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

Advertisement

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

एसिया डिभिजन १ क्षेत्रमा विजेता र उपविजेता बनेर ओमान र हङकङ नेपालमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन् । नेपालले यसअघि सन् २००१ र २००५ मा एसीसी यू–१९ एसिया कप आयोजना गरेको थियो, दुवैपटक विजेता बन्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो ।

यसै वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकप जितेको अस्ट्रेलियासहित भारत, इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, आयरल्यान्ड र आयोजक जिम्बावे अब हुने विश्वकपका लागि सोझै छनोट भइसकेका छन्  ।

पछिल्लो एसिया छनोटचरणमा नेपालले यूएईलाई पराजित गर्दै यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले यसै वर्ष भएको विश्वकपमा समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ‘एट’ मा पुगेको थियो । समूह चरणबाटै बाहिरिएको अफगानिस्तानले यसपटक एसिया छनोट खेल्नुपर्ने भएको हो ।

नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा गरी ८ पटक यू–१९ विश्वकप खेलिसकेको छ । २०००, २०१२ र २०१६ मा गरी तीनपटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको नेपालले २००६ मा प्लेट फाइनल जितेको थियो भने २००२ र २००६ मा प्लेट फाइनलको उपविजेता भएको थियो ।

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top