×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

पहिरोले फेरि घरसहित ७ जनालाई लग्यो

३ भाद्र २०८१

३ भदौ , काठमाण्डौ।

आइतबार राती फेरि एउटा नेपाली परिवारमाथि पहिरोको बज्रपात परेको छ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा एकै परिवारको चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा चारै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा विराकी पत्नी अन्दाजी ५५ वर्षीया काली धामी, विराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । बिहान ७ बजे घरभित्र च्यापिएका ४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोले ५ वटा बाख्रा पनि च्यापिएका छन् । विरासहित १० जनाको परिवारका अन्य ५ जना सकुशल रहेका छन् । प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका हुन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ । यस्तै जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।

नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, उनीहरू भूकम्पपीडितका निम्ति निर्मित अस्थायी टहरामा बसेका थिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगर प्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ ।

यसैबीच गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण भेटिएका थिएनन् ।

बाढी आउनुअघि कसैले घाँस काट्न गएको देखेको र कसैले लुगा बोकेर हिँडिरहेको देखेको बताएपछि अन्यत्र खोजी भएको थियो । तर हिजो उनी घरभित्रै बसिरहेको अवस्थामा सकुशल भेटिएका हुन् । थामे खोलाको बाढीपछि स्थलगत अध्ययनमा गएको टोलीले अन्य हिमतालको जोखिमबारे अध्ययन गर्न सुझाव दिएको छ ।

Advertisement

घटनास्थलमा पुगेर काठमाण्डौ फर्किएका रक्षामन्त्री मानवीर राईसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षतिको विस्तृत विवरणसहित सम्भावित जोखिमको अवस्थाबारे विज्ञ टोलीबाट अध्ययन हुनुपर्ने भन्दै स्थलगत प्रतिवेदन दिएको हो । हिमताल फुटेपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय क्षतिग्रस्त भएको थियो । दिउँसोको समयमा घटना भएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top