×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विवादमा पर्‍यो चेल्सी र सिटीबीचको खेल

३ भाद्र २०८१

३ भदौ, विराटनगर ।

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल विवादमा परेको छ ।

Advertisement
Advertisement

गएराति चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले २-१ गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो ।

स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको १८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफभरि अग्रता दिलाए ।

खेलको ८४औं मिनेटमा कोभासिसले गोल गरेपछि सिटी २-० गोलले विजयी भएको हो ।

त्यसअघि खेलको ७६औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र कोभासिचको ह्यान्डबल भएको भन्दै चेल्सी समर्थकहरूले विवाद सुरु गरेका हुन् ।

कोभासिच पेनाल्टी क्षेत्रमा बलका लागि प्रतिस्पर्धा गरिरहँदा गुस्तोले बल प्रहार गरेका थिए । बल कोभासिचको कुहिनोमा लाग्यो ।

नजिकै रहेका रेफ्री एन्थोनी टेलरले पेनाल्टी दिएनन् । र, पछि भिएआरले यो निर्णयलाई समर्थन गर्‍यो ।

भिएआरले रेफ्री एन्थोनी टेलरको निर्णयलाई पुष्टि गर्‍यो किनभने कोभासिच धेरै नजिकको दूरीमा थिए र दण्डित हुन सक्ने अवस्थामा थिएनन् ।

Advertisement

तर, बलले कोभासिचको कुहिनोमा  लागेको भन्दै चेल्सीका खेलाडीले पेनाल्टीको अपिल गरेका थिए । चौतर्फी विवाद भएपछि इंग्लिस प्रिमियर लिगले समेत पेनाल्टी नभएको आधिकारिक धारणा प्रकट गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top