सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर । 

Advertisement

नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यसअघि, छापावाल सुन सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top