×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

चीना र ज्योतिको समलिंगी विवाहले पायो कानुनी मान्यता

४ भाद्र २०८१

४ भदौ, विराटनगर ।

पाल्पाकी ३१ वर्षीया चीनाकुमारी नेपाली र पूर्वी नवलपरासीकी ३६ वर्षीया ज्योति सार्की लामो सयम प्रेम सम्बन्धमा रहे । रामपुर–९ जब्गादी निवासी चीना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योति दुवै महिला हुन् ।

Advertisement
Advertisement

दुवै जना महिला भएका कारण समाजले के सोच्ला भन्दै बसेका उनीहरूले ढिलोगरी २०७८ असोज २९ गते परम्पराअनुसार विवाह गरे ।

विवाहको झन्डै तीन वर्षपछि उनीहरूबीचको समलिंगी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै उनीहरूको विवाहले कानुनी मान्यता प्राप्त गरेको हो ।

चीना र ज्योतिले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको थियो ।

‘पहिलोपटक समलिंगी विवाहलाई मान्यता दिनुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर वडाले प्रमाणपत्र प्रदान गरेको हो ।

विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चीनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । उनीहरु दुवै जना अहिले वैदेशिक रोजगारीको क्रममा कतारमा छन् ।

घर आएको समयमा यस पटक उनीहरूले विवाह दर्ता गराएका हुन् ।

Advertisement
Advertisement

२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णयअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिंगी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top