×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

पोखरा जेलमा हुँदा खेती गर्थे प्रधानमन्त्री ओली, देख्नेहरू पर्थे छक्क

४ भाद्र २०८१

४ भदौ, विराटनगर । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पोखराको कारागारमा हुँदा खेती गर्ने गरेको स्मरण गराएका छन् । प्रधानमन्त्री ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरुलाई दिएको निर्देशनको सम्पादित अंश)

म कृषि विज्ञ होइन, किसानको छोरा हुँ। सानो हुँदा कृषि गरेको हुँ। ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन। त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ। बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन्।

बारी कस्तो बनाएको थिएँ भने कुटो कोदालो होइन कि हातका औँला घुसारेर त्यसको गोडमेल गर्ने गर्थें। अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने। साथीहरुले हामीले पनि उही काम गरिराखेका छौँ भन्थे। मैले तपाईंहरुले त्यसलाई माया कम गर्नु भएको छ, उसले बुझ्छ भन्ने जवाफ दिन्थेँ।

म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें। मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो। अनि अरुहरु छक्क पर्थे। खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ। गाई, भैँसीलाई पनि माया गरे नगरेको थाहा हुन्छ। रिसायो भने गाई भैँसीले दूध लुकायो भन्छन्। खुसी भएन, प्रशन्न भएन भने दूध दिँदैन। उसको भकारो सोहोर्ने, मान्छेले सुम्सुम्याउने मान्छेले दुयो भने बढी नै दूध दिन्छ। दूध जतिबेला पनि आउँदैन, ऊ खुसी छैन, नाखुश छ भने पगारे पनि लुकाइदिन्छ। अहिले त मेसिनले चुसेर, तानेर भएजति तान्ने गरिन्छ।

हामीले कृषि बालीको कुरा किसानहरुलाई सिकाउनुपर्छ कि खुसी हुनुपर्छ, यसलाई माया गरेको हुनुपर्छ, त्यो माया गरेपछि यसले प्रतिफल धेरै दिन्छ भनेर बुझाउनुपर्छ। साँच्चै कस्तो वातावरण छ भनेर पशुुबालीले हेर्छ। बाजा, सङ्गीत, गीत आदि इत्यादि त्यसलाई मनपर्छ। मन नपर्ने खालको क्रसर राख्दियो भने त्यसले मन पराउँदैन भने कर्कश आवाजले पनि त्यसलाई राम्रो गर्दैन।

मत्स्यपालनका सन्दर्भमा अहिलेको उत्पादन कति छ रु कति माछापोखरी छन् रु कति खोलाबाट निकालिन्छ रु खोलाबाट निकालिने कुराको धेरै भर नपरौँ। खासमा भन्ने हो भने खोलाबाट धेरै माछा निकाल्ने पनि होइन, त्यहाँ यसलाई खेल्न दिने हो। भरपर्ने त तालका माछामा हो। खोलाका माछा त्यतिकै समाउन पाइँदैन नि। मत्स्यपालनसम्बन्धी लक्ष्य तोक्नुस्। चराको मासु खानु छ भने पालेको हुनुपर्‍यो। जङ्गलमा गएर फ्याट्टफ्याट्ट मार्न हुँदैन। खोलामा माछा मार्नु, जङ्गलमा चरा मार्नु ‘इकोसिस्टम’ विरोधी कुरा हो।

फलफूल खानु छ भने फलाएको हुनैपर्‍यो। गाई र भैँसीबाटै दुग्ध उत्पादन हुने हो। गाईको दूधबाहेक मलमूत्र मात्रै काम लाग्ने हो। भैँसीमा जोड दिने तपाईंहरुले जोड दिएको पनि ठीक छ। भोलि गएर कतिपयले गाईको मात्रै दूध खाने, भैँसी, चौँरीको दूध नखाने भन्ने पनि हुनसक्छ। त्यसकारण डेरीको दूध नखाने स्वाभाविक हुन्छ। त्यहाँ गाईको पनि हुन्छ, भैँसीको पनि हुन्छ। त्यसो भएर गाईको दूध मात्रै भोलि कारोबार हुनसक्ने स्थिति नहोला भन्न सकिन्न। दूध खाँदा भैँसीको मीठो हुन्छ तर घ्यू गाईकै मीठो मानिन्छ।

फलपूmल क्षेत्रमा के गर्ने र कहाँ कहाँको के भिन्नता छ ? हाम्रो उपलब्धि के हो रु हाम्रो लक्ष्य के हो ? गत वर्षको भन्दा यो वर्षको लक्ष्य र उपलब्धि अलिक माथि हुनुपर्‍यो। हामीले सबै क्षेत्रमा विगतका रेकर्ड तोड्नेछौँ। गत वर्षको भन्दा उत्पादन, बिक्री वितरणमा वृद्धिसँगै आम्दानीमा पनि रेकर्ड तोड्छौँ।

कृषि क्षेत्रमा शिक्षाको ठूलो समस्या छ। यसमा १४ देखि ६५ वर्षको सक्रियता कम भएको छ। बूढाबूढी मात्रै त्यसमा निर्भर छन्। त्यो सक्रिय जनशक्ति होइन। बालबच्चा पनि कृषिमै निर्भर गरेका हुन्छन्। कूल जनशक्तिको ६० प्रतिशत वा त्योभन्दा बढी कति चाहिँ कृषिमा निर्भर छ स्पष्ट छैन। मानिसले व्यवसाय किसान लेखेको हुन्छ तर कृषिमा भर परेको हुँदैन। छोराबुहारी जागिर खाइराखेका हुन्छन्, आम्दानीको मुख्य स्रोत जागिर भइराखेको हुन्छ। त्यो जागिर कृषिले दिँदैन। कृषि त बाँच्ने पेट पाल्ने कुरा हो नी। सबै प्रणाली पेटबाट सुरु हुन्छ। हरेक जीवित चिजलाई प्रकृतिले यस्तो बनाइदिएको छ।

माटो पनि जीवित हो। माटो मर्‍यो भने उर्भरत हुँदैन। प्रकृतिमा यस्तो गुण हुन्छ कि जसले त्यसलाई ग्रहण गर्‍यो, त्यसैसँग मिल्ने हुन्छ। त्यही चामल बाख्राको पाठोलाई दिनुस्, त्यो त्यही चामल बाख्रो हुन्छ। त्यही चामल खाएर मान्छे हुन्छ, त्यही चामल खाएर गाई हुनसक्छ। यो अनुकूलन प्रकृतिको विशेषता हो। यस अनुकूलनलाई हामीले प्रकृतिको ‘इकोसिस्टम’ भन्छौँ, यो त्यही इकोसिस्टम हो, सर्कल। एउटाको खाना अर्काको मल, अर्काको खाना अर्काको मल। अर्काले परित्याग गर्छ, अर्काले खान्छ। अलिक रुपान्तरित हुन्छ। हामी मल हाल्छौँ, त्यो मलबाट स्याउ फल्छ।

त्यो चिज हामी खान्छौँ र त्यो मल फेरि उसैलाई काम लाग्छ। एउटाको मल अर्काले ग्रहण गर्छ, अर्काको अर्कोले ग्रहण गर्छ र रुपान्तरित हुन्छ। हरेक क्षेत्रमा फरक ल्याउनका निम्ति तपाईंहरुले ‘एक्सिलेन्स सेन्टर’हरु खोल्नुस्। अथवा कृषि टे«डिङका उपायहरु हुन्। गाउँगाउँमा गएर यसरी बाली लगाइन्छ है, यसरी लगाएपछि आम्दानी बढी हुन्छ र त्यसले बजार पाउँछ भनेर किसानहरुका प्रशिक्षित गराउन आवश्यक छ।

हिजो परिवार उत्पादनको एउटा एकाइ हुन्थ्यो। आज परिवारमा उत्पादनको एकाइ छैन। मेरो हजुरबाको एउटा खेत, एउटा बारी, एउटा गोठ थियो। आफ्नै खेतमा धान, मकै, आलीमा मास, बारीमा तोरी उत्पादन हुन्थ्यो। पशुपालन आफ्नै गोठमा, आफ्नै चरिचरनमा सबै चिज हुन्थ्यो। एउटा नूनबाहेक केही पनि किन्न पर्दैन्थ्यो। एउटा परिवारको उत्पादन, परिवारको उपभोगमै हुन्थ्यो र अर्थतन्त्र त्यतिमै चल्थ्यो। तर अब सबै कुरा नकिनी नहुने अवस्थामा हामी पुग्यौँ। उत्पादनको प्रवृत्ति, ढाँचा र तरिकामा फरक पर्‍यो।

फरक परेको चिजलाई हामीले परिवर्तन गरेनौँ भने बाँझा बारी, बाँझा खेत भनेर हुँदैन। त्यसलाई अब व्यावसायिकतामा लैजानै पर्छ। दुनियाँ कहाँबाट कहाँ पुुग्यो। परिवारलाई उत्पादनको एकाइ बनाउने हो भने एकै प्रकारको खेती उनीहरुले गरुन्। कान्लाभरि रुख, फलपूmल लगाऔँ, बारी र खेतभरि अन्न लगाऔँ।

म सम्झिँन्छु, म सानो हुँदा सुन्तलाको बगैँचा आफ्नै घरमा हुन्थ्यो। दुई/चार रुख नास्पातीका हुन्थे। असारमा पाक्ने ठूलो नास्पतीदेखि मङ्सिरमा पाक्ने नास्पाती हुन्थ्यो। सानो नास्पातीको स्वाद अनौठो हुन्छ। अम्बा कान्लाभरि जताततै हुन्थ्यो। केराघारी आफ्नैमा हुन्थ्यो। अनार पनि रोपिदिए राम्ररी फल्थ्यो। यी सबै खालका फलहरु आफ्नै बारीमा हुन्थे। अब त्यस हिसाबले चल्दैन। मैले अनार पनि लगाउँछु, अम्बा पनि लगाउँछु भनेर व्यक्तिगत हिसाबमा हिजो जसरी अब चल्दैन।

किसानहरुले एउटा एउटा बाली लगाएर हुँदैन। यसरी लगाउँदा बालीको आफ्नोपन पनि बिग्रिन्छ। त्यसकारण यस्तोमा सहकारी भयो भने सहकारी, सहकारी भएन भने सामूहिक खालको खेतीमा जानुपर्छ। त्यसोगर्दा बजार पाउन सजिलो हुन्छ। एकैखालको खेती लगाएपछि ठूलोमात्रामा उत्पादन हुन्छ। त्यसले बजार पाउँछ।

मैले सुनेको थिएँ–कैलालीमा पोहोर वा परार किसानहरुले घिरौँला खेतबारीमा फ्याँके, किनभने बिकेन। सबैको घरमा घिरौँला, कसले किन्छ रु कसैले किन्दैन। डोकामा बजार लग्यो, घरघरमा घिरौँला छ, कसले किन्छ, कसैले किन्दैनन्। यदि त्यो घिरौँला एक/दुई ट्रक भएको भए काठमाडौँ आउन्थ्यो। बिक्री नभएपछि बारीमा फ्याँक्नुको विकल्प हुँदैन।

ठूलो परिमाणमा गोलभेंडा उत्पादन भयो भने त्यसको अचार उद्योग स्थापना गर्न सकिन्छ। गोलभेँडाको स्लाइस, जुस उद्योग, गोलभेँडाको चप उद्योग वा अनेक चिज उत्पादन गर्न सक्छन्। त्यसैले ठूलो परिमाणमा ध्यान दिऔं। नयाँ इनोभेसनमा ध्यान दिऔँ। नवप्रवर्र्तनभन्दा इनोभेसन शब्द ठीक छ, सजिलो छ। हरेक ठाउँमा नयाँ मार्क लगाउनेगरी नयाँ ‘इनोभेटिभ’ विचार लगाउनुस्। चिस्यान केन्द्र कति ठाउँमा खोल्न सकिन्छ, पशु स्वास्थ्य केन्द्र खोल्न सकिन्छ त्यतातिर ध्यान दिऔँ।

सन् २०२० पछि अमेरिकाले मलेरिया उन्मूलनको काम गर्‍यो। त्यसबेला उसले इन्स्पेक्टर र स्प्रेहरु राखेको थियो। स्प्रे गरेकाले घर नम्बर लेख्नुु पर्दथ्यो। घरको परिवारको सङ्ख्या उनीहरुको खातामा हुन्थ्यो। घरको एउटा ठाउँमा रङ लगाएर लेखेको हुन्थ्यो र त्यहाँ सही गर्नु पर्दथ्यो। स्प्रेयरले सही गर्दथ्यो। इन्स्पेक्टर आउँन्थ्यो र स्प्रेयरको मुनि उसले पनि सही गर्दथ्यो। कहिले आउँछ इन्स्पेक्टर थाहा छैन तर घरघरमा आउँछ। जाँच गर्दा कसरी ग¥यो भन्ने मुख्य कुरा हो।

हाम्रो प्रोजेक्ट राम्रो भएको छ कि छैन ? उदाहरणका लागि काठमाडौँबाट हेलिकप्टर लिएर अचानक जनकपुर गयो, एउटा स्कुलको मैदानमा हेलिकप्टर रोकेर वरिपरिका गाउँमा गयो, कुनकुन महिनामा जाँच भएको छ, कुनकुन महिनामा जाँच भएको छैन, कुनकुन घरमा पुगेको छ, कुनकुन घरमा पुगेको छैन भनेर नमूनाका रुपमा पाँच/सात घर हेर्‍यो। अर्को ठाउँमा पुग्यो, त्यसैगरी हेरेर आयो। त्यहाँ उसले भने अनुसारको हस्ताक्षर गर्ने ठाउँ खम्बा वा भित्तामा हुन्थ्यो र त्यसमा गरेको हुन्थ्यो। त्यसो गरेर पक्का गर्दथ्यो।

त्यसो भएपछि गएँ भनेर झुट बोल्न पाएन। कुन घरमा कुन मितिमा गयो, त्यो घरमा सही गर्नु पर्ने। त्यहाँ भित्तामा ठाउँ बनाएर सही गर्नुपर्ने। हामीले त्यस्तै प्रणालीको किन विकास गर्न नसक्ने ? एक/दुई ठाउँमा नमुना हेरेपछि थाहा भइहाल्छ। यस्ता कुराहरुमा अप्रत्याशित र अनपेक्षित ठाउँमा गएर गर्ने छड्के नै जाँच गर्नुपर्छ। त्यसो भएपछि उनीहरुले ढाट्ने ठाउँ हुँदैन। यो कुरालाई क्षेत्र क्षेत्रको योजना बनाऔँ।

कृषिमा परिवर्तन र रुपान्तरण नल्याई हाम्रो देशको विकास सम्भव छैन। सन् १९३० मा अमेरिकामा हरित क्रान्ति आयो, युरोपमा सन् १९४० मा आयो। भारतमा सन् १९६८ मा आयो। सन् १९६८ मा अमेरिकाले हरित क्रान्तिलाई धेरै अगाडि बढायो। त्यसकारण अहिले डेढ अर्ब जनसङ्ख्यालाई खुवाएर पनि बाहिर पठाउँछ, हामीलाई बेच्छ।

हाम्रो जनसङ्ख्या तीन करोड मात्रै छ तर हामीले उत्पादन गरेको वस्तुले खान पुग्दैन। पहिलेको जस्तो ढाँचाले होइन, अहिले भारतीय प्याज हेर्नुभयो जापान र चीनको जस्तै भएको छ। जापान र चीनले ठूलो फलाउँछन्। अहिले भारतले पनि त्यही गर्छ। त्यो सन् १९६५ बाट सुरु गरेर १९६८ सम्ममा ग्रिन रिभुुलुसन अगाडि बढायो। उसका भैँसी गुजराती भनेर चिनिने भए। बेलायतबाट ल्याएको गाई भनेर टाटेपाटी गाईलाई भन्ने चलन थियो।

अहिले जर्सी गाई भन्छन्, उहिले बेलायती भन्थे। बैठक कक्ष अलिक गतिलो बनायो भने बेलायती हुन्थ्यो। गतिलो भएपछि बेलायती गाई, बेलायती कुकुर। केही अलि सप्रियो भने यो त बेलायती नै रहेछ नि भन्थे। भारतले बेलायतका र अन्यत्रबाट केही ल्यायो। अरु देशले प्रगति गरिरहँदा नेपालमा त चकमन्न थियो। पञ्चायतकाल आयो, महेन्द्रले विकास गर्न खोजेको अलिक देखियो। तर, महेन्द्रको विकासको गति २०२० देखि २०२४ सालसम्म रफ्तारमा चल्यो। अहिले पनि धेरै भवनहरु तिनैताका बनेका हुन्।

पञ्चायतकालीन भवनमै हामी चलिराखेका छौँ। त्यतिबेला विश्वविद्यालय एउटै मात्र थियो होला तर पर्याप्त नै थियो नि त्यस बेलाको विकासको तहमा। अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा भनेर सुरु गरे। पाँच कक्षासम्म त मान्छेले अनिवार्य तथा निःशुल्क रुपमा पढ्न पाएका थिए। त्यसबेला उत्साह के थियो भने एसएलसी पास गरेका शिक्षकहरु पाइँदैन्थे।

कोही कोही माविहरुमा त एसएलसी पास नगरेका शिक्षकहरु थिए र प्रधानाध्यापक नै एसएलसी पास गरेका थिए। आइए पास गरेका त यदाकदा थिए हाइस्कुलमा। त्यहीका तेज विद्यार्थीले त्यहीका विद्यार्थीलाई क्लास लिन्थे शिक्षक नभएर। तर नतिजा राम्रो थियो। पूर्वाधार थिएन, ज्ञान सम्प्रेषणको कला अलिक बढी हुन खोज्थ्यो। नजान्ने शिक्षकले इतिहास घोकाइदिन्थे। अब घोकाउने थालेपछि घोक्नै सकेन भने याद त हुने भयो नि।

त्यसो भएर त्यो जमानाबाट हामी भर्खरै भर्खरै आयौँ। अब हामीले आमूल परिवर्तन ल्याउनुु छ, कृषिमै ल्याउनु छ। त्यसकारण म तपाईंहरुसँग क्षेत्रगत रुपमा के के गर्ने योजना बनाउनुस्। सिँचाइका क्षेत्रमा के गर्नु पर्छ रु फलफूलमा के गर्ने रु अन्नबालीमा पनि धान, गहुँ, मकै, फापर, कोदोलगायत विभिन्न बालीमा के गर्न सकिन्छ रु यसका हाम्रो लक्ष्य के हो रु गन्तव्य के हो रु तोकेर त्यसमा नीति बनाऔँ। त्यो नीति कार्यान्वयन गर्न कार्यक्रम बनाऔँ।

Advertisement

कार्यक्रम बनाएपछि लक्ष्य तोकेर त्यसलाई हासिल गर्नेगरी अगाडि बढौँ। यसबाट नै सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न सकिन्छ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top