NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

पोखरा जेलमा हुँदा खेती गर्थे प्रधानमन्त्री ओली, देख्नेहरू पर्थे छक्क

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
ओलीको दाबी : दक्षिण एसियामा संविधान र कानुन निर्माणमा नेपाल अगाडि छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ, विराटनगर । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पोखराको कारागारमा हुँदा खेती गर्ने गरेको स्मरण गराएका छन् । प्रधानमन्त्री ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरुलाई दिएको निर्देशनको सम्पादित अंश)

LS Auto

म कृषि विज्ञ होइन, किसानको छोरा हुँ। सानो हुँदा कृषि गरेको हुँ। ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन। त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ। बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन्।

बारी कस्तो बनाएको थिएँ भने कुटो कोदालो होइन कि हातका औँला घुसारेर त्यसको गोडमेल गर्ने गर्थें। अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने। साथीहरुले हामीले पनि उही काम गरिराखेका छौँ भन्थे। मैले तपाईंहरुले त्यसलाई माया कम गर्नु भएको छ, उसले बुझ्छ भन्ने जवाफ दिन्थेँ।

म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें। मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो। अनि अरुहरु छक्क पर्थे। खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ। गाई, भैँसीलाई पनि माया गरे नगरेको थाहा हुन्छ। रिसायो भने गाई भैँसीले दूध लुकायो भन्छन्। खुसी भएन, प्रशन्न भएन भने दूध दिँदैन। उसको भकारो सोहोर्ने, मान्छेले सुम्सुम्याउने मान्छेले दुयो भने बढी नै दूध दिन्छ। दूध जतिबेला पनि आउँदैन, ऊ खुसी छैन, नाखुश छ भने पगारे पनि लुकाइदिन्छ। अहिले त मेसिनले चुसेर, तानेर भएजति तान्ने गरिन्छ।

हामीले कृषि बालीको कुरा किसानहरुलाई सिकाउनुपर्छ कि खुसी हुनुपर्छ, यसलाई माया गरेको हुनुपर्छ, त्यो माया गरेपछि यसले प्रतिफल धेरै दिन्छ भनेर बुझाउनुपर्छ। साँच्चै कस्तो वातावरण छ भनेर पशुुबालीले हेर्छ। बाजा, सङ्गीत, गीत आदि इत्यादि त्यसलाई मनपर्छ। मन नपर्ने खालको क्रसर राख्दियो भने त्यसले मन पराउँदैन भने कर्कश आवाजले पनि त्यसलाई राम्रो गर्दैन।

मत्स्यपालनका सन्दर्भमा अहिलेको उत्पादन कति छ रु कति माछापोखरी छन् रु कति खोलाबाट निकालिन्छ रु खोलाबाट निकालिने कुराको धेरै भर नपरौँ। खासमा भन्ने हो भने खोलाबाट धेरै माछा निकाल्ने पनि होइन, त्यहाँ यसलाई खेल्न दिने हो। भरपर्ने त तालका माछामा हो। खोलाका माछा त्यतिकै समाउन पाइँदैन नि। मत्स्यपालनसम्बन्धी लक्ष्य तोक्नुस्। चराको मासु खानु छ भने पालेको हुनुपर्‍यो। जङ्गलमा गएर फ्याट्टफ्याट्ट मार्न हुँदैन। खोलामा माछा मार्नु, जङ्गलमा चरा मार्नु ‘इकोसिस्टम’ विरोधी कुरा हो।

फलफूल खानु छ भने फलाएको हुनैपर्‍यो। गाई र भैँसीबाटै दुग्ध उत्पादन हुने हो। गाईको दूधबाहेक मलमूत्र मात्रै काम लाग्ने हो। भैँसीमा जोड दिने तपाईंहरुले जोड दिएको पनि ठीक छ। भोलि गएर कतिपयले गाईको मात्रै दूध खाने, भैँसी, चौँरीको दूध नखाने भन्ने पनि हुनसक्छ। त्यसकारण डेरीको दूध नखाने स्वाभाविक हुन्छ। त्यहाँ गाईको पनि हुन्छ, भैँसीको पनि हुन्छ। त्यसो भएर गाईको दूध मात्रै भोलि कारोबार हुनसक्ने स्थिति नहोला भन्न सकिन्न। दूध खाँदा भैँसीको मीठो हुन्छ तर घ्यू गाईकै मीठो मानिन्छ।

फलपूmल क्षेत्रमा के गर्ने र कहाँ कहाँको के भिन्नता छ ? हाम्रो उपलब्धि के हो रु हाम्रो लक्ष्य के हो ? गत वर्षको भन्दा यो वर्षको लक्ष्य र उपलब्धि अलिक माथि हुनुपर्‍यो। हामीले सबै क्षेत्रमा विगतका रेकर्ड तोड्नेछौँ। गत वर्षको भन्दा उत्पादन, बिक्री वितरणमा वृद्धिसँगै आम्दानीमा पनि रेकर्ड तोड्छौँ।

कृषि क्षेत्रमा शिक्षाको ठूलो समस्या छ। यसमा १४ देखि ६५ वर्षको सक्रियता कम भएको छ। बूढाबूढी मात्रै त्यसमा निर्भर छन्। त्यो सक्रिय जनशक्ति होइन। बालबच्चा पनि कृषिमै निर्भर गरेका हुन्छन्। कूल जनशक्तिको ६० प्रतिशत वा त्योभन्दा बढी कति चाहिँ कृषिमा निर्भर छ स्पष्ट छैन। मानिसले व्यवसाय किसान लेखेको हुन्छ तर कृषिमा भर परेको हुँदैन। छोराबुहारी जागिर खाइराखेका हुन्छन्, आम्दानीको मुख्य स्रोत जागिर भइराखेको हुन्छ। त्यो जागिर कृषिले दिँदैन। कृषि त बाँच्ने पेट पाल्ने कुरा हो नी। सबै प्रणाली पेटबाट सुरु हुन्छ। हरेक जीवित चिजलाई प्रकृतिले यस्तो बनाइदिएको छ।

माटो पनि जीवित हो। माटो मर्‍यो भने उर्भरत हुँदैन। प्रकृतिमा यस्तो गुण हुन्छ कि जसले त्यसलाई ग्रहण गर्‍यो, त्यसैसँग मिल्ने हुन्छ। त्यही चामल बाख्राको पाठोलाई दिनुस्, त्यो त्यही चामल बाख्रो हुन्छ। त्यही चामल खाएर मान्छे हुन्छ, त्यही चामल खाएर गाई हुनसक्छ। यो अनुकूलन प्रकृतिको विशेषता हो। यस अनुकूलनलाई हामीले प्रकृतिको ‘इकोसिस्टम’ भन्छौँ, यो त्यही इकोसिस्टम हो, सर्कल। एउटाको खाना अर्काको मल, अर्काको खाना अर्काको मल। अर्काले परित्याग गर्छ, अर्काले खान्छ। अलिक रुपान्तरित हुन्छ। हामी मल हाल्छौँ, त्यो मलबाट स्याउ फल्छ।

त्यो चिज हामी खान्छौँ र त्यो मल फेरि उसैलाई काम लाग्छ। एउटाको मल अर्काले ग्रहण गर्छ, अर्काको अर्कोले ग्रहण गर्छ र रुपान्तरित हुन्छ। हरेक क्षेत्रमा फरक ल्याउनका निम्ति तपाईंहरुले ‘एक्सिलेन्स सेन्टर’हरु खोल्नुस्। अथवा कृषि टे«डिङका उपायहरु हुन्। गाउँगाउँमा गएर यसरी बाली लगाइन्छ है, यसरी लगाएपछि आम्दानी बढी हुन्छ र त्यसले बजार पाउँछ भनेर किसानहरुका प्रशिक्षित गराउन आवश्यक छ।

हिजो परिवार उत्पादनको एउटा एकाइ हुन्थ्यो। आज परिवारमा उत्पादनको एकाइ छैन। मेरो हजुरबाको एउटा खेत, एउटा बारी, एउटा गोठ थियो। आफ्नै खेतमा धान, मकै, आलीमा मास, बारीमा तोरी उत्पादन हुन्थ्यो। पशुपालन आफ्नै गोठमा, आफ्नै चरिचरनमा सबै चिज हुन्थ्यो। एउटा नूनबाहेक केही पनि किन्न पर्दैन्थ्यो। एउटा परिवारको उत्पादन, परिवारको उपभोगमै हुन्थ्यो र अर्थतन्त्र त्यतिमै चल्थ्यो। तर अब सबै कुरा नकिनी नहुने अवस्थामा हामी पुग्यौँ। उत्पादनको प्रवृत्ति, ढाँचा र तरिकामा फरक पर्‍यो।

फरक परेको चिजलाई हामीले परिवर्तन गरेनौँ भने बाँझा बारी, बाँझा खेत भनेर हुँदैन। त्यसलाई अब व्यावसायिकतामा लैजानै पर्छ। दुनियाँ कहाँबाट कहाँ पुुग्यो। परिवारलाई उत्पादनको एकाइ बनाउने हो भने एकै प्रकारको खेती उनीहरुले गरुन्। कान्लाभरि रुख, फलपूmल लगाऔँ, बारी र खेतभरि अन्न लगाऔँ।

म सम्झिँन्छु, म सानो हुँदा सुन्तलाको बगैँचा आफ्नै घरमा हुन्थ्यो। दुई/चार रुख नास्पातीका हुन्थे। असारमा पाक्ने ठूलो नास्पतीदेखि मङ्सिरमा पाक्ने नास्पाती हुन्थ्यो। सानो नास्पातीको स्वाद अनौठो हुन्छ। अम्बा कान्लाभरि जताततै हुन्थ्यो। केराघारी आफ्नैमा हुन्थ्यो। अनार पनि रोपिदिए राम्ररी फल्थ्यो। यी सबै खालका फलहरु आफ्नै बारीमा हुन्थे। अब त्यस हिसाबले चल्दैन। मैले अनार पनि लगाउँछु, अम्बा पनि लगाउँछु भनेर व्यक्तिगत हिसाबमा हिजो जसरी अब चल्दैन।

किसानहरुले एउटा एउटा बाली लगाएर हुँदैन। यसरी लगाउँदा बालीको आफ्नोपन पनि बिग्रिन्छ। त्यसकारण यस्तोमा सहकारी भयो भने सहकारी, सहकारी भएन भने सामूहिक खालको खेतीमा जानुपर्छ। त्यसोगर्दा बजार पाउन सजिलो हुन्छ। एकैखालको खेती लगाएपछि ठूलोमात्रामा उत्पादन हुन्छ। त्यसले बजार पाउँछ।

मैले सुनेको थिएँ–कैलालीमा पोहोर वा परार किसानहरुले घिरौँला खेतबारीमा फ्याँके, किनभने बिकेन। सबैको घरमा घिरौँला, कसले किन्छ रु कसैले किन्दैन। डोकामा बजार लग्यो, घरघरमा घिरौँला छ, कसले किन्छ, कसैले किन्दैनन्। यदि त्यो घिरौँला एक/दुई ट्रक भएको भए काठमाडौँ आउन्थ्यो। बिक्री नभएपछि बारीमा फ्याँक्नुको विकल्प हुँदैन।

ठूलो परिमाणमा गोलभेंडा उत्पादन भयो भने त्यसको अचार उद्योग स्थापना गर्न सकिन्छ। गोलभेँडाको स्लाइस, जुस उद्योग, गोलभेँडाको चप उद्योग वा अनेक चिज उत्पादन गर्न सक्छन्। त्यसैले ठूलो परिमाणमा ध्यान दिऔं। नयाँ इनोभेसनमा ध्यान दिऔँ। नवप्रवर्र्तनभन्दा इनोभेसन शब्द ठीक छ, सजिलो छ। हरेक ठाउँमा नयाँ मार्क लगाउनेगरी नयाँ ‘इनोभेटिभ’ विचार लगाउनुस्। चिस्यान केन्द्र कति ठाउँमा खोल्न सकिन्छ, पशु स्वास्थ्य केन्द्र खोल्न सकिन्छ त्यतातिर ध्यान दिऔँ।

सन् २०२० पछि अमेरिकाले मलेरिया उन्मूलनको काम गर्‍यो। त्यसबेला उसले इन्स्पेक्टर र स्प्रेहरु राखेको थियो। स्प्रे गरेकाले घर नम्बर लेख्नुु पर्दथ्यो। घरको परिवारको सङ्ख्या उनीहरुको खातामा हुन्थ्यो। घरको एउटा ठाउँमा रङ लगाएर लेखेको हुन्थ्यो र त्यहाँ सही गर्नु पर्दथ्यो। स्प्रेयरले सही गर्दथ्यो। इन्स्पेक्टर आउँन्थ्यो र स्प्रेयरको मुनि उसले पनि सही गर्दथ्यो। कहिले आउँछ इन्स्पेक्टर थाहा छैन तर घरघरमा आउँछ। जाँच गर्दा कसरी ग¥यो भन्ने मुख्य कुरा हो।

हाम्रो प्रोजेक्ट राम्रो भएको छ कि छैन ? उदाहरणका लागि काठमाडौँबाट हेलिकप्टर लिएर अचानक जनकपुर गयो, एउटा स्कुलको मैदानमा हेलिकप्टर रोकेर वरिपरिका गाउँमा गयो, कुनकुन महिनामा जाँच भएको छ, कुनकुन महिनामा जाँच भएको छैन, कुनकुन घरमा पुगेको छ, कुनकुन घरमा पुगेको छैन भनेर नमूनाका रुपमा पाँच/सात घर हेर्‍यो। अर्को ठाउँमा पुग्यो, त्यसैगरी हेरेर आयो। त्यहाँ उसले भने अनुसारको हस्ताक्षर गर्ने ठाउँ खम्बा वा भित्तामा हुन्थ्यो र त्यसमा गरेको हुन्थ्यो। त्यसो गरेर पक्का गर्दथ्यो।

त्यसो भएपछि गएँ भनेर झुट बोल्न पाएन। कुन घरमा कुन मितिमा गयो, त्यो घरमा सही गर्नु पर्ने। त्यहाँ भित्तामा ठाउँ बनाएर सही गर्नुपर्ने। हामीले त्यस्तै प्रणालीको किन विकास गर्न नसक्ने ? एक/दुई ठाउँमा नमुना हेरेपछि थाहा भइहाल्छ। यस्ता कुराहरुमा अप्रत्याशित र अनपेक्षित ठाउँमा गएर गर्ने छड्के नै जाँच गर्नुपर्छ। त्यसो भएपछि उनीहरुले ढाट्ने ठाउँ हुँदैन। यो कुरालाई क्षेत्र क्षेत्रको योजना बनाऔँ।

कृषिमा परिवर्तन र रुपान्तरण नल्याई हाम्रो देशको विकास सम्भव छैन। सन् १९३० मा अमेरिकामा हरित क्रान्ति आयो, युरोपमा सन् १९४० मा आयो। भारतमा सन् १९६८ मा आयो। सन् १९६८ मा अमेरिकाले हरित क्रान्तिलाई धेरै अगाडि बढायो। त्यसकारण अहिले डेढ अर्ब जनसङ्ख्यालाई खुवाएर पनि बाहिर पठाउँछ, हामीलाई बेच्छ।

हाम्रो जनसङ्ख्या तीन करोड मात्रै छ तर हामीले उत्पादन गरेको वस्तुले खान पुग्दैन। पहिलेको जस्तो ढाँचाले होइन, अहिले भारतीय प्याज हेर्नुभयो जापान र चीनको जस्तै भएको छ। जापान र चीनले ठूलो फलाउँछन्। अहिले भारतले पनि त्यही गर्छ। त्यो सन् १९६५ बाट सुरु गरेर १९६८ सम्ममा ग्रिन रिभुुलुसन अगाडि बढायो। उसका भैँसी गुजराती भनेर चिनिने भए। बेलायतबाट ल्याएको गाई भनेर टाटेपाटी गाईलाई भन्ने चलन थियो।

अहिले जर्सी गाई भन्छन्, उहिले बेलायती भन्थे। बैठक कक्ष अलिक गतिलो बनायो भने बेलायती हुन्थ्यो। गतिलो भएपछि बेलायती गाई, बेलायती कुकुर। केही अलि सप्रियो भने यो त बेलायती नै रहेछ नि भन्थे। भारतले बेलायतका र अन्यत्रबाट केही ल्यायो। अरु देशले प्रगति गरिरहँदा नेपालमा त चकमन्न थियो। पञ्चायतकाल आयो, महेन्द्रले विकास गर्न खोजेको अलिक देखियो। तर, महेन्द्रको विकासको गति २०२० देखि २०२४ सालसम्म रफ्तारमा चल्यो। अहिले पनि धेरै भवनहरु तिनैताका बनेका हुन्।

पञ्चायतकालीन भवनमै हामी चलिराखेका छौँ। त्यतिबेला विश्वविद्यालय एउटै मात्र थियो होला तर पर्याप्त नै थियो नि त्यस बेलाको विकासको तहमा। अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा भनेर सुरु गरे। पाँच कक्षासम्म त मान्छेले अनिवार्य तथा निःशुल्क रुपमा पढ्न पाएका थिए। त्यसबेला उत्साह के थियो भने एसएलसी पास गरेका शिक्षकहरु पाइँदैन्थे।

कोही कोही माविहरुमा त एसएलसी पास नगरेका शिक्षकहरु थिए र प्रधानाध्यापक नै एसएलसी पास गरेका थिए। आइए पास गरेका त यदाकदा थिए हाइस्कुलमा। त्यहीका तेज विद्यार्थीले त्यहीका विद्यार्थीलाई क्लास लिन्थे शिक्षक नभएर। तर नतिजा राम्रो थियो। पूर्वाधार थिएन, ज्ञान सम्प्रेषणको कला अलिक बढी हुन खोज्थ्यो। नजान्ने शिक्षकले इतिहास घोकाइदिन्थे। अब घोकाउने थालेपछि घोक्नै सकेन भने याद त हुने भयो नि।

त्यसो भएर त्यो जमानाबाट हामी भर्खरै भर्खरै आयौँ। अब हामीले आमूल परिवर्तन ल्याउनुु छ, कृषिमै ल्याउनु छ। त्यसकारण म तपाईंहरुसँग क्षेत्रगत रुपमा के के गर्ने योजना बनाउनुस्। सिँचाइका क्षेत्रमा के गर्नु पर्छ रु फलफूलमा के गर्ने रु अन्नबालीमा पनि धान, गहुँ, मकै, फापर, कोदोलगायत विभिन्न बालीमा के गर्न सकिन्छ रु यसका हाम्रो लक्ष्य के हो रु गन्तव्य के हो रु तोकेर त्यसमा नीति बनाऔँ। त्यो नीति कार्यान्वयन गर्न कार्यक्रम बनाऔँ।

कार्यक्रम बनाएपछि लक्ष्य तोकेर त्यसलाई हासिल गर्नेगरी अगाडि बढौँ। यसबाट नै सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न सकिन्छ।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.