NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

संघीय सरकारकै कारण संघीयता जोखिममा : मन्त्री आङ्बो

बिहिबार अशोज ४ , २०७५
Reading Time: 1 min read
A A
संघीय सरकारकै कारण संघीयता जोखिममा : मन्त्री आङ्बो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

वित्त आयोग गठन नगरे संघीयता असफल

विराटनगर, असोज ४

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तत्काल वित्त आयोग गठन नगरे संघीयता दुर्घटनामा पर्ने बताएका छन् । विराटनगरमा बिहीबार नेपाल पत्रकार प्रदेश–१ आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री आङ्बोले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन अझै नचाहेको आरोप लगाए ।

संघीय सरकारकै कारण संघीयता जोखिममा परेको उनको कथन थियो । उनले तत्काल वित्त आयोग गठन नगरे संघीयता असफल हुने दाबी पनि गरे । “राजस्व र प्राकृतिक स्रोत बाँडफाँड कसरी गर्ने भन्ने टुंगो वित्त आयोगले लगाउँछ,” आङ्बोले थपे, “तर अहिलेसम्म वित्त आयोग बनाउने सुरसार छैन ।” वित्त आयोग संवैधानिक निकाय भएकाले उसले तीनै तहको सरकारले उठाउने राजस्व र प्राकृतिक स्रोत साधनको बाँडफाँडका विषयमा टुंगो लगाउने उनको भनाइ थियो ।

संवैधानिक दायराभित्र रहेर काम गरेमा संघीयता कार्यान्वयनमा समस्या नआउने उनको कथन थियो । जनताको चाहना पानीजहाज, रेलभन्दा भत्किएका सडक टालटुल र पुलपुलेसा बनोस् भन्ने रहेको उनले बताए । “स्वास्थ्य क्षेत्रको सुधार, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि होस् भन्ने जनताको चाहना छ,” उनले भने, “यो सबै संविधानले स्थानीय तहलाई अधिकार दिएको छ । तर, केन्द्र सरकार अधिकार दिन आनाकानी गरिरहेको छ ।”

Advertisement

आङ्बोले माथिल्लो तहका कर्मचारीहरू पनि संघीयता असफल बनाउने खेलमा लागेको आरोप लगाए । सिंहदरबारमा बसेर खान पल्केका कर्मचारीहरूमा संघीयता असफल होस् भन्ने चाहना रहेको उनको भनाइ थियो । “यो कुरालाई बुझेर प्रधानमन्त्रीज्यूले चाँडोभन्दा चाँडो संवैधानिक अधिकार प्रदेश सरकारलाई दिनुपर्छ,” आङ्बोले थपे, “यदि कर्मचारीकै चंगुलमा परेर अधिकार नदिने हो भने संघीयता गम्भीर दुर्घटनामा पर्छ ।” कर्मचारीको भुलभुलैयामा नपरेर संविधानको दायराभित्र रहेर काम गर्न उनले प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।

अधिकारको हस्तान्तरणबाट मात्रै जनताका गुनासो सम्बोधन हुने आङ्बोले बताए । उनले भने, “स्थानीय तहले साग र खसीमा कर लगाउँदा प्रधानमन्त्रीको विरोध हुन्छ भने राम्रो काम गर्दा प्रधानमन्त्रीको प्रशंसा पनि हुन्छ नि ।”

स्थानीय सरकारले जनतालाई सेवा प्रवाह गर्ने, प्रदेशले जनताको चाहनाअनुसार विकास निर्माण गर्ने र केन्द्र सरकारले ठूला राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउनुपर्नेमा तीनै तहको सरकारले डोजर हान्ने काम गरिरहेको बताए । “तीनै तहको सरकारले अहिलेसम्म आफ्नो दायित्व बुझेका छैनन्,” उनले भने, “दुर्भाग्य केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकारले गाउँमा डोजर हान्ने काम मात्रै गरिरहेका छन् ।”

संरचना, कार्यालयको हस्तान्तरण र कर्मचारीको समायोजन नहुँदा काम गर्न समस्या भएको आङ्बोले बताए । उनले प्रदेश सरकारले असोज १५ भित्रै कर्मचारीसहित सबै कार्यालयको व्यवस्थापन गरिसक्ने दाबी गरे । चालु अधिवेशनभित्रै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने आङ्बोको दाबी थियो ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.