सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति छ तोलाको ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति छ तोलाको ?

१२ भदौ, विराटनगर ।

स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि, भदौ ५ गते एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला ८०० रुपैयाँमा बढेर आज कारोबार भएको हो । मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.