×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

हारिन् राम कुमारी झाक्री,न मतदाताले पत्याए, न कार्यकर्ताले

१२ भाद्र २०८१

१२ भदौ , काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादीका पदाधिकारीको निर्वाचन परिणाम अनुशार चर्चित नेतृ रामकुमारी झाक्री पराजित भएकी छन् । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन् ।

उनीसँग नेकपा एसकी चर्चित नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरेकी छिन् । यसअघि झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।

झाक्री सहमति नभए तत्काल निर्वाचन प्रक्रियामा जाने पक्षमा थिइन् । झाक्री गएको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएकी थिइन् ।

तत्कालीन नेपाली काग्रेस र माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेकी झाक्री गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन ।

झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका थिए । प्रतिनिधि सभा निर्वाचनमा गुल्मेली मतदाता नपत्याएका झाक्रीलाई उनकै पार्टीका कार्यकर्ताले समेत निर्वाचित गराउन सकेनन् ।

नेकपा एसमा केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।

यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका थिए । अन्य पदाधिकारी चयनका लागि भने मंगलबार मतदान भएको हो ।

त्यस्तै उपाध्यक्ष (मधेशी) मा रामचन्द्र झालाई पराजित गर्दै धर्मनाथ प्रसाद साह विजयी भएका छन् । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

त्यस्तै उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा गणेश बिक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

महाधिवेशन सकिएको झण्डै दुई महिनापछि एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको हो ।

केन्द्रीय कमिटी र सचिवालयमा सहमति नजुटेपछि मनोनित केन्द्रीय कमिटीका सदस्यबाट पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो ।

एमालेबाट विभाजन भइ गठन भएको तीन वर्षपछि एकीकृत समाजवादीमा गुटबन्दी छरपष्ट हुने गरी प्यानल निर्वाचन भएको हो ।

गत महाधिवेशनमा अन्तिम समयमा सम्मानित नेता झलनाथ खनालले साथ छाडेपछि अध्यक्षको आकांक्षा छाडेर महासचिव स्वीकारेका घनश्याम भुसालले सम्मानजनक प्रतिनिधित्व मागेका थिए ।

तर, सहमति नजुटेपछि भएको निर्वाचनमा अध्यक्ष माधव नेपाल र भुसाल समूहका आ–आफ्नै प्यानल थिए ।

अध्यक्ष नेपालको सचिवालयबाट स्वकीय सचिव मोहन गौतम र लक्ष्मण केसीले भिन्दाभिन्दै लिस्ट वितरण गर्दा संस्थापन पक्षका केही नेता पराजित भएका छन् ।

ती दुई लिस्टका कारण पदाधिकारीमा भुसाल समूहका पाँच नेता विजयी भएका छन् । नेतृ रामकुमारी झाँक्री नेपाल समूहका फरक लिस्टकै कारण पराजित भइन् ।

भुसाल समूहबाट महिला उपाध्यक्षमा जयन्ती राई, मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका हुन् । त्यस्तै, सचिवमा बलदेव चौधरी निर्वाचित भएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top