विराटनगर,असोज ५
बाणिज्य कार्यालय विराटनगरको अगुवाईमा बिहीबार विराटनगरका आधा दर्जन भन्दा बढी किराना पसलहरुको अनुगमन गरिएको छ । विराटनगरको गुद्री आसपासमा गरिएको अनुगमनका क्रममा सोभम किराना पसलबाट मिति गुज्रीसकेको कोकोनट नरिवलको तेल ३० पिस बरामद गरिएको छ ।
यस्तै धिरेन्द्र किराना पसलबाट दावत तोरीको तेल र विग्रेको कोदोको पिठो बरामद गरिएको छ । यस्तै ऊशुमभ किराना पसल, ऊशान्ति किराना पसल, गणेश किराना पसल,जसवन्त किराना पसल,बिष्णु किराना पसलको अनुगमन गरिएको हो ।
लगातार रुपमा गरिएको अनुगमनबाट विराटनगरका बजार सुधारोन्मुख अवस्थामा रहेको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले बताए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संस्था , वाणिज्य कार्यालय , पत्रकार लगायतको सहभागिता रहेको थियो ।