×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

१२ भाद्र २०८१

१२ भदौ , विराटनगर ।

एक महिनाको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनको भ्रमण सकेलगत्तै दुई देशबीच चलिरहेको युद्धले नयाँ मोड लिने संकेत देखिएको छ । अब यो युद्ध अन्त्य हुनसक्ने संकेत देखिएको छ । मोदी फर्किएपछि युक्रेनी राष्ट्रपतिले नै युद्ध समाप्तीका लागि नयाँ योजना अघि सार्ने बताएका छन् । र त्यो योजना उनले अमेरिकी राष्ट्रपतिसामु पेश गर्ने पनि बताएका छन् ।

Advertisement
Advertisement

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट रुससँगको युद्ध अन्त्य गर्ने योजना अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष प्रस्तुत गर्ने बताएका हुन् । २ वर्षभन्दा लामो समयदेखि चलिरहेको युक्रेन–रुस युद्धवार्ता मार्फत नै समाप्त गर्न सकिने दाबी गर्दै राष्ट्रपति जेलेन्स्कीले बाइडेन र आउने राष्ट्रपति चुनावका लागि उमेद्वार रहेका अरु दुई जनालाई पनि आफ्नो योजनाबारे जानकारी दिने बताएका छन् ।

तर यसको लागि युक्रेन बलियो स्थितिमा हुनुपर्ने जेलेन्स्कीको भनाइ छ । यता मोदीले भने एक महिनाअघि मस्कोमा पुटिनसंग र पछिल्लो पटक किभमा जेलेन्स्कीसंग भेटवार्ता गरे । किभबाट फर्केलगत्तै फेरि उनले हिजो रुसी राष्ट्रपतिसँग कुराकानी गरेका छन् । मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन् । दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ । मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि फोनमा कुराकानी गरेका थिए ।

यता रुसको कुर्स्क क्षेत्रमा तीन हप्ताअघि आक्रमण शुरू गरेर रुसको १ हजार बर्गकिलोमिटर भूमि कब्जा गर्नु पनि युद्ध अन्त्यकै योजनाको हिस्सा भएको युक्रेनको दाबी छ । तर यसले आर्थिक र कूटनीतिक गतिविधिमा समेत प्रभाव पारेको भन्दै युक्रेनलाई योजना अघि बढाउन समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि रुसलाई युद्ध अन्त्य गर्न बाध्य बनाउन बुनेका कुनै पनि योजना सफल नभएपछि अब वार्तामार्फत युद्ध अन्त्य गर्ने योजना रहेको जेलेन्स्कीले बताएका हुन् ।

जेलेन्स्की आउने सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा भाग लिन अमेरिका जाने र बाइडेनलाई भेट्ने तयारीमा छन् । उनले अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनमा जस्तै वार्ताका लागि रुसका प्रतिनिधि पनि महासभामा भाग लिन आउने अपेक्षा रहेको बताएका छन् । कीभको शान्तिवार्ताका लागि यसअघि स्विट्जरल्याण्डमा पहिलो शिखर सम्मेलन भएको थियो ।

पश्चिमाहरुको सहयोगमा यतिका दिनसम्म रुसी आक्रमण झेलिरहेको युक्रेनको रुससँग तुलना गर्ने हो भने जुनसुकै हिसाबमा पनि कमजोर छ । रुसको जनसंख्या करिब १४ करोड ४२ लाख छ भने युक्रेनको ३ करोड ८० लाख मात्र । युक्रेनमा ९ लाख सक्रिय सेना छन् । तर रुसी सेनाको संख्या युक्रेनको भन्दा ४ लाख २० हजार बढी छ । रुससँग २० लाख र युक्रेनसँग १२ लाख जगेडा सैनिक छन्  ।

अर्धसैनिक बलको संख्या रुससँग युक्रेनको भन्दा १ लाख ५० हजारले बढी छ । युक्रेनसँग मात्र एक लाखको अर्धसैनिक बल छ । रुसको यस वर्षको सुरक्षा बजेट ४२ खर्ब अमेरिकी डलर छ । युक्रेनसँग सुरक्षा बजेट १ खर्ब ९ अर्ब अमेरिकी डलर छ । त्यस्तै, रुसी सेनासँग ४ हजार २५५ सैनिक जहाज छन् भने युक्रेनसँग ३२१ वटा मात्र । युक्रेनसँग मात्र ३० वटा लडाकु विमान छन् भने रुससँग त्योभन्दा ७ सय बढी छन ।

हेलिकोप्टरको संख्यामा पनि रुस निकै अगाडि छ । रुससँग १ हजार ५४७ र युक्रेनसँग १३० हेलिकोप्टर छन । आक्रमणका लागि प्रयोग हुने हेलिकोप्टरको संख्या रुसका ५५९ र युक्रेनका ३३ वटा मात्र छन । बख्तरबन्द गाडी रुससँग १ लाख ६१ हजार र युक्रेनसँग २२ हजार मात्र छन । यद्यपी सैन्य शक्तिका हिसाबले निकै बलियो रुसलाई अढाई वर्षसम्म रोक्न सक्नु युक्रेनका लागि निकै ठूलो उपलब्धि हो ।

आक्रमणको केही महिनामै रुसले युक्रेनको दोस्रो ठूलो सहर खर्किभसहित दोनेत्स्क, खेर्सन, लुहान्स्क र माइकोलेइभ नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका क्षेत्रमा जनमतसंग्रह गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा गाभिएको घोषणासमेत गरिसकेका छन । त्यसयता रक्षात्मक रूपमा रहेको युक्रेन अगस्ट दोस्रो र तेस्रो साता भने रुसविरुद्ध आक्रामक देखियो ।

जसका कारण कतिपय सहरबाट रुसी सेना पछि हट्न बाध्य भएको थियो । युक्रेनले खासगरी रुसका कुर्स्क क्षेत्रमा भीषण आक्रमण गरेको हो । त्यसको प्रमुख कारण भने अमेरिका तथा पश्चिमा देशले गरेको हातहतियार तथा सैन्य सहयोग नै ठानिएको छ । पछिल्लो समय रुसी आक्रमण रोक्न युक्रेनले अमेरिकामा निर्मित ‘हिमार्स रकेट सिस्टम’ प्रयोग गरिरहेको छ भने एफ १६ लडाकु विमान पनि प्रयोग गरिरहेको छ ।

रुसी आक्रमणलाई निस्तेज पार्न युक्रेनलाई कम्तीमा १ सय ३० वटा एफ–१६ जेट आवश्यक पर्ने युक्रेनी अधिकारीको भनाइ छ । एफ–१६ जेटमा २० एमएमको क्यानन जडान गरिएको हुन्छ । यसले बम, रकेट तथा क्षेप्यास्त्र बोक्न सक्छ । एफ–१६ विमानसँग आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता छ । स्थलबाट वायुमा आक्रमण गर्ने क्षेप्यास्त्र जस्तै तिनीहरूले युक्रेनको हालको हवाई रक्षा प्रणालीसँग मिलेर काम गरिरहेको जनाइएको छ ।

एफ–१६ आवाजको गतिभन्दा दोब्बर र ३२ सय किमिको उचाइसम्म उड्न सक्छन । यी विमानले क्षेप्यास्त्र प्रहार गर्न र शत्रुको लडाकु विमानलाई अवरोध गर्न सक्छ । युक्रेनले मूलतः आत्मरक्षाका निम्ति एफ–१६ विमानको प्रयोग गर्दै आएको छ । तर युक्रेनसँग त्यस्ता विमान १० वटा मात्र भएकाले रुसी आक्रमण रोक्न वा निस्तेज पार्न असफल भएको देखिएको छ ।

अमेरिकी जेट प्राप्त गरेसँगै दुई साता आक्रमण तीव्र पारेको युक्रेन शनिबारदेखि भने पुनः रक्षात्मक अवस्थामा पुगेको देखिएको छ । रुसी सेनाले आइतबार र सोमबार युक्रेनी राजधानी किभसहित दर्जनौं सहरमा आक्रमण गरेको छ । किभसहित १५ क्षेत्रका दर्जनौं सहरमा गरिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कयौंको ज्यान गएको छ । रुसी ड्रोन तथा क्षेप्यास्त्रहरूले युक्रेनी ऊर्जा संरचनालाई निसाना बनाएका कारण दर्जनौं सहरमा विद्युत् तथा पानी आपूर्ति बन्द भएको जनाइएको छ ।

आक्रमणपछि राजधानी किभका स्थानीय सुरक्षित रहन भूमिगत रेल स्टेसनहरूमा पुगेका थिए । युक्रेनी हवाई सेनाका अनुसार रुसले देशभरका विभिन्न सहरलाई लक्षित गरी ड्रोन, क्रुज क्षेप्यास्त्र र किन्जाल क्षेप्यास्त्र प्रहार गरेको हो । रुसी सेनाले युक्रेन वरपरका भिनित्सिया, पोल्ताभा र माइकोलेइम क्षेत्रबाट ड्रोनद्वारा आक्रमण गरेको हो । युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले रुसले युक्रेनका ऊर्जा संरचनामा आक्रमण गरेको बताएका छन ।

रुसले किभ, लभिभ, खार्किभ, ओडेसा, क्राइभी रिह, जापोरिजा लगायतका क्षेत्रलाई मुख्य निसाना बनाएको छ । युक्रेनले भने केही स्थानमा दुई देशका सेनाबीच भिडन्त भएको बताएको छ । युक्रेनले कुर्स्क र बेलगोरोड क्षेत्रको आक्रमण जारी रहेको जनाएको छ । ती क्षेत्रमा सयभन्दा बढी गाउँ नियन्त्रणमा लिइसकेको युक्रेनी सेनाको दाबी छ  । त्यसक्रममा ५ सय ९४ रुसी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको युक्रेनी सेनाका जर्नेल ओलेक्सन्डर साइर्स्कीले दाबी गरेका छन् ।

त्यस्तै, रुसको बेलगोरोड क्षेत्रका गाउँमा पनि मंगलबार युक्रेनी सेनाले आक्रमण गरेको छ । कुनै मानवीय क्षति नभए पनि पसल, गोदाम लगायतका संरचना ध्वस्त भएका बेलगोरोडका गभर्नरले बताएका छन । यसबीच अमेरिकी राष्ट्रपति बाइडेनले रुसी आक्रमणको भर्त्सना गरेका छन् । मस्कोले युक्रेनविरुद्धको युद्ध कुनै पनि हालतमा नजित्ने उनको दाबी छ ।

‘युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयास स्वरूप युक्रेनविरुद्ध रुसले गरेको निरन्तरको युद्धको म कडा शब्दमा निन्दा गर्छु,’ बाइडेनले ‘एक्स’ मा लेखेका छन्, ‘युक्रेनमा रुस सफल हुनेछैन र युक्रेनी जनताको भावना कहिल्यै टुट्ने छैन ।’ रुसका पछिल्ला आक्रमणलाई आफ्नो क्षेत्र अतिक्रमण गर्ने रुसी कदमको बदला ठानिएको छ ।

तर रुसी आक्रमणको प्रकृति हेर्दा बदला मात्र भन्न सकिने अवस्था नदेखिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति पुटिनले ‘युक्रेनसँग स्वतन्त्र राष्ट्रका रूपमा रहने कुनै अधिकार नरहेको’ बताउँदै आएका छन । त्यसकारण पनि युक्रेनले शनिबार (अगस्ट २४) स्वतन्त्रता दिवस मनाएसँगै देशव्यापी आक्रमणको आदेश दिएको ठानिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको कडा जवाफ दिने बताएका छन । पश्चिमा देशसँग थप हातहतियारको सहयोगका लागि पनि आग्रह गर्दै जेलेन्स्कीले अमेरिकालाई रुससँगको युद्ध कसरी अन्त्य गर्ने भन्ने योजना प्रस्तुत गर्ने बताएका हुन् । उनले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पका साथै वर्तमान राष्ट्रपति बाइडेनलाई उक्त योजना प्रस्तुत गर्ने जनाएका हुन ।

यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top