विराटनगरमा खुल्यो अत्याधुनिक प्रविधियुक्त डाइग्नोष्टिक सेन्टर

४ असोज ७५, शुक्रबार

विराटनगर,असोज ५
विराटनगरमा अत्याधुनिक प्रविधियुक्त डाइग्नोष्टिक सेन्टर बिहीबारदेखि संचालनमा आएको छ ।

कोशी अञ्चल अस्पतालको अगाडि स्थापना गरि संचालनमा आएको एम.आर डाइग्नोष्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिले अत्याधुनिक प्रविधिद्धारा सेवा सुरु गरेको हो ।

Advertisement

एम.आर डाइग्नोष्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिले कलेजो, थाइराइड,व्रेस्ट सम्बन्धी इल्यास्ट्रोग्राफी सेवा सुरु गरेको छ ।

यस्तै अस्पतालले र्फोडी स्क्यान सेवा, आधुनिक प्रविधिको सिटी स्क्यान , अल्ट्रासाउण्ड, फिजियोथेरापी, इसिजी, एनआरएल ल्याब सेवा सुरु गरेको संचालक सत्येन्द्र राउतले बताए ।

Advertisement

उनले बिरामीलाई एउटै भवनबाट सबै सुविधा दिने गरी व्यवस्थापन गरिएको पनि जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top