×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

चीन–फिलिपिन्स आमनेसामने, देशहरुलाई शत्रु बनाउँने चीन सागर

१३ भाद्र २०८१

१३ भदौ , एजेन्सी ।

दक्षिण चीन सागरमा फेरि तनाब बढेको छ । अहिले यहाँ चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । यहाँ अवस्थित विभिन्न टापुमा दुवै देशले आआफ्ना दाबी गरिरहेका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेका छन् ।

Advertisement
Advertisement

तर गत हप्ता सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोकिएपछि भने अवस्था अझ बिग्रिएको छ । यस विषयमा फिलिपिन्स र चीनले एकअर्काविरुद्ध जहाज ठोकाएको आरोप लगाएका छन् ।

यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरिरहेका छन् । यो फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ समुद्री माइल (लगभग १३८ किलोमिटर) र चीनबाट करिब ६३० समुद्री माइल (करिब ११६६ किलोमिटर) दूरीमा अवस्थित छ ।

यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि यो क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन् । चीनको तटरक्षकले फिलिपिन्सको जहाज जानाजानी ठोकाएको आरोप लगाएको छ भने फिलिपिन्सले चिनियाँ जहाजले आक्रामक युद्धाभ्यास गरिरहेको जिकिर गरिरहेको छ ।

दुई देशबीच आइतबार फेरि झगडा परेको छ । यस विषयमा फिलिपिन्स र चीनले एकअर्कालाई आरोप लगाइरहेका छन् । युरोपेली संघ, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतले चीनको आलोचना गरेका छन् ।

फिलिपिन्सले सोमबार भनेको छ– ४० चिनियाँ जहाजले आफ्ना २ जहाजलाई टेरेसा म्याग्बुआना जहाजमा खाद्यान्न आपूर्ति गर्नबाट रोके । फिलिपिन्सले अप्रिलमा सबिनामा लामो समयसम्म राख्न टेरेसा म्यागबुआना जहाज पठाइएको बताएको छ ।

उता चीनले भने टेरेसा म्यागबुआना जहाज फिलिपिन्स सबिना कब्जा गर्न चाहन्छ भन्ने प्रमाण भएको बताएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले हालै दोस्रो विश्वयुद्धको जीर्ण जहाज दोस्रो थोमस शोलमा खडा गर्ने संकेत गरेको थियो ।

धेरै सैनिकहरू अझै पनि यहाँ तैनाथ छन् र त्यहाँ रासनको आवश्यकता छ तर चीनले फिलिपिन्सलाई त्यसो गर्न अनुमति दिइरहेको छैन । सिन्ह्वाले भनेको छ– २५ वर्षपछि पनि यो उस्तै छ । फिलिपिन्सले फेरि त्यसै गर्न खोजिरहेको छ, तर यसपटक चीनले धोका खाने छैन ।

पछिल्ला महिनामा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भएका छन् । फिलिपिन्सले चीनले पानी तोप र लेजर प्रयोग गरेको आरोप लगाएको छ । साथै चीन पक्षले आफ्नो जहाजमा चढेर सामान जफत गरेकाले झडप पनि भइरहेको उसको भनाइ छ ।

फिलिपिन्सले हालै आरोप लगाएको छ– चिनियाँ तटरक्षक चक्कु र तरबार लिएर हाम्रो सैन्य जहाजमा चढे र हाम्रा सैनिकलाई धम्की दिए।फिलिपिन्सका रक्षा प्रमुखले मंगलबार अन्तर्राष्ट्रिय समुदायलाई चीनविरुद्ध उभिन आह्वान गर्दै आफू अझ शक्तिशाली प्रतिद्वन्द्वीसँग लडिरहेको भनेका छन् ।

फिलिपिन्सले कसैको मृत्यु नभए पनि आफ्ना धेरै सैनिक घाइते भएको बताएको छ । यस्तै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले चीनका कारण कुनै सैनिकको मृत्यु भएमा यसलाई ‘एक्टस् अफ वार’ (युद्धका कार्य) का रूपमा हेरिने चेतावनी दिएका छन् ।

अर्कातर्फ चीन र फिलिपिन्सबीचको विवादले दक्षिण चीन सागरमा ठूलो द्वन्द्व निम्त्याउन सक्ने भन्दै पर्यवेक्षकहरूले चिन्ता प्रकट गरेका छन् । संयुक्त राष्ट्र संघले कथित नाइन ड्यास लाइन (दक्षिण चीन सागरमा चीनले दाबी गर्ने रेखा) मा चीनको कुनै वैधता नभएको बताएको थियो ।

तर चीनले यो निर्णय स्वीकार गरेको छैन । हालैका हप्तामा दुवै देशले द्वन्द्व कम गर्ने प्रयास गरेको राष्ट्र संघले बताएको छ । गत हप्ता चीन दोस्रो थोमस शोलमा फिलिपिन्सका चौकीमा खाद्यान्न र अन्य आपूर्ति पठाउन सहमत भएको छ । तर सबिना शोलमा भएको टकरावले भविष्यमा यस्ता प्रयास सफल होलान् भन्ने प्रश्न खडा गरेको छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top