×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

‘फलो-अनफलो’ अभियान : ओलीले ७७ हजार फलोअर्स गुमाउँदा बालेनको एक लाख थपिए

२० भाद्र २०८१

२० भदौ, विराठनगर । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले चलाएको ‘फलो-अनफलो’ अभियानले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ७७ हजार फलोअर्स गुमाएका छन् ।

Advertisement
Advertisement

मंगलबार नेकपा एमालेका कार्यकर्ताहरूले फेसबुक पोस्टमा ‘रिपोर्ट’ गरेर आफ्नो स्टाटस नै हटेको संकेत गरेपछि बालेन समर्थकहरूले ‘फलो-अनफलो’ अभियान चलाएका थिए ।

बालेन समर्थकको अभियानमा केही युवाहरू पनि जोडिएर प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूलाई सामाजिक सञ्जाल फेसबुकमा अनफलो गर्न थालेका थिए । भने, बालेनलाई फलो गर्न सबैप्रति आग्रह गर्ने अभियान पनि उनीहरूको थियो ।

जसबाट एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ७७ हजार फलोअर्स गुमाएका हुन् भने बालेनका झन्डै एक लाख फलोअर्स बढेका हुन् ।

मंगलबार र बुधबार धेरै फलोअर्स गुमाएका ओलीलाई आज भने अनफलो गर्नेहरू संख्या घट्दो छ । बालेनका समर्थकले ओलीविरुद्ध यो अभियान चलाउनुअघि फेसबुकमा ओलीका फलोअर्स ६ लाख ६६ हजार थिए । बिहीबार दिउँसोसम्ममा उनका फलोअर्स ७७ हजार घटेर ५ लाख ८९ हजारमा झरेको छ ।

बालेनका फलोअर्स भने फेसबुकमा २१ लाख छन् । यो अभियानको थालनी हुनुभन्दा पहिले उनका फलोअर्स २० लाख थिए ।

विशेषगरी, काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्टाटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् । बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।

सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका थिए ।

आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’

सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ । शर्मा लुम्बिनी प्रदेश सांसद हुन् । उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।

Advertisement

फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top