मुनाको अन्त्येष्टि गर्न आमा अमेरिका प्रस्थान

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको अन्त्येष्टि गर्न उनकी आमा अमेरिका प्रस्थान गरेकी छन् । २१ वर्षीया पाण्डेको अन्तिम संस्कार गर्न बिहीबार बिहान उनकी आमा अनिता अधिकारी पाण्डे अमेरिका प्रस्थान गरेकी हुन् ।

छोरीको हत्यापछि अनिताले अमेरिका जानका लागि उनले भिसा आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएपछि उनी छोरीको सद्गतका लागि अमेरिका गएकी हुन् ।

Advertisement

अमेरिकामा रहेका एनआरएनका पदाधिकारीलगायत त्यहाँ रहेका आफन्तजन र नेपालीको सहयोगमा भदौ २४ गते मुनाको अन्त्येष्टि गरिने छ । 

सन् २०२१ मा अमेरिका पुगेर नर्सिङ पढ्दै गरेकी मुनाको भदौ ८ गते अपार्टमेन्टभित्रै हत्या भएको थियो । अपार्टमेन्टमै प्रवेश गरी छातीमा दुई र गर्धनमा एउटा गरी तीनवटा गोली प्रहार गरी मुनाको हत्या भएको थियो ।

Advertisement

उनको हत्या आरोपमा भारतीय मुलका नागरिक बबिसिंह शाहलाई अमेरिकन प्रहरीले पक्राउ गरेको थियो । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदालतमा उपस्थित गराइएको थियो ।

मुनाको शव फेला पारेको दुई दिनपछि सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका शाहलाई मंगलबार ह्युस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा उपस्थित गराइएको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top