×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

२१ भाद्र २०८१

२१ भदौ , एजेन्सी ।

समकालीन फुटबलका महान् हस्तीमध्येका दुई खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी । पछिल्लो दुई दशक यता रोनाल्डो र मेसीसँग तुलना गर्ने खालका नयाँ खेलाडीको उदय पनि भएकै छैन भन्दा फरक नपर्ला ! किनकि, व्यक्तिगत अवार्ड–पुरस्कार, टिमका लागि जितेको उपाधि, गोलसंख्या र रेकर्डमा रोनाल्डो र मेसीकै बर्चश्व छ, अहिलेसम्म पनि ।

Advertisement
Advertisement

स्पेनिस लिग खेल्दाताका यी दुईलाई एकअर्काका प्रतिद्वन्द्वीका रूपमा हेर्ने गरिएको थियो । उनीहरूबीचमा को उत्कृष्ट भन्ने प्रसंगले खेलक्षेत्रमा सनसनी मच्चाउथ्यो । तर, अहिले खेल करिअरको करिब–करिब अन्त्यतिर पुगेका मेसी र रोनाल्डो युरोपियन लिगबाट बाहिरिएपछि उनीहरूबीच त्यति धेरै तुलना गरिँदैन । तर, नाम र दामबाट चर्चित मेसी र रोनाल्डोको तुलना गर्नलायक अरू खेलाडी नभएकै कारणपनि वर्तमान फुटबल जगतमा यी दुईलाई एकआपसमा एक अर्काको प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

उनीहरू आफैं पनि एकअर्कालाई उछिनेर विभिन्न प्रकारका कीर्तिमान बनाउने ध्याउन्न छन् । हालैमात्र पोर्चुगलका कप्तान रोनाल्डोले अर्को एउटा कीर्तिमान बनाएका छन् । उमेरले ३९ पुग्दा पनि राष्ट्र र क्लबका लागि फुटबलमा प्रभाव कायमै राख्न सफल बनेका रोनाल्डोले नयाँ इतिहास रचेका हुन् ।युरोपियन नेसन्स लिग फुटबलअन्तर्गत बिहीबार राति भएको समूह चरणको खेलमा गोल गरेका रोनाल्डोले करियरको ९००औं गोल पूरा गरे ।

गए राति पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित निकालेको थियो । पोर्चुगलको राजधानी लिस्बनस्थित स्टेडियो डी बेन्फिकामा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डो र डियोगो डालोटले एक–एक गोल गरेका थिए । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । खेलको ३४औं मिनेटमा गोल गर्दै रोनाल्डोले रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् ।

रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गरे । यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ । फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ३१ गोल गरेका छन् भने क्लब करिअरमा सात सय ६९ गोल गरेका छन् ।

राष्ट्रका लागि दुई सय १३ खेल खेलेका रोनाल्डोले ४५ गोलमा पास पनि मिलाएका छन् । नौ सय गोल पूरा गरेपछि रोनाल्डोले मैदानमा घुँडा टेकेर उत्सव मनाएका थिए । खेलपछि रोनाल्डोले भने, ‘यसले धेरै अर्थ राख्छ । यो एक माइलस्टोन थियो, जुनमा म लामो समयसम्म पुग्न चाहन्थें । म यो नम्बरमा पुग्नेछु भन्ने मलाई थाहा थियो ।’

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट ४५० गोल गरेका छन् भने इंग्ल्यान्डको म्यान्चेस्टर युनाइटेडबाट १४५, इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट १०१, अल–नासरबाट ६८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् । उनको यो कीर्तिमान भने मेसीले तोड्न पनि गाह्रो–गाह्रै छ ।

सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेसीले क्लब फुटबलबाट सात सय ३५ र अर्जेन्टिनाका लागि एक सय नौ गोल गरी जम्मा ८४४ गोल गरेका छन् । रोनाल्डोभन्दा मेसी ५६ गोलले पछाडि छन् । मेसीले बार्सिलोनाका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् भने पिएजीका लागि ७५ खेलमा ३२ गोल गरेका छन् ।

यसैगरी, उनले इन्टर मियामीका लागि २९ खेलमा २५ गोल गरेका छन् भने बार्सिलोनाकै एट्लेटिकका लागि २२ खेलमा ६ गोल गरेका छन् । विश्वकप विजेतासमेत रहेका मेस्सीले एक सय ८७ खेल खेल्दा एक सय नौ गोल गरेका छन् । रोनाल्डो र मेसी दुवै आफ्नो खेल करिअरको अन्त्यतिर त छन् ।

सन्न्यास लिने मनसाय भने बनाइसकेका छैनन् । एक–अर्काभन्दा अब्बल देखिन उनीहरूबीच भएको व्यक्तिगत प्रतिद्वन्द्विताले फुटबल इतिहासमा विभिन्न कीर्तिमानहरू बन्दै आएका छन् । जुन, रेकर्ड तोड्न नयाँ खेलाडीलाई असम्भवप्रायः बन्दै गएको देखिन्छ ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top