×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसिया कप क्रिकेटमा भारत र पाकिस्तान विजयी

६ आश्विन २०७५

एजेन्सी,असोज ६
एसिया कप क्रिकेटको ‘सुपर फोर’ अन्तर्गत भएका खेलमा भारत र पाकिस्तान विजयी भएका छन् । भारतले बंगलादेशलाई र पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका हुन् ।

भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ । टस हारेपछि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६ दशमलव २ ओभरमै पुरा र्गयो । रोहित शर्माले कप्तानी पारी खेल्दै नटआउट ८३ रन बनाए ।

Advertisement
Advertisement

त्यस्तै ओपनर शिखर धवनले ४७ बलमा ४० रनको योगदान दिए । बंगलादेशका लागि शकिब अल हसन, रुबेल हुसेन तथा मसरफे मोर्तजाले समान एक–एक विकेट लिए । एसिया कपमा भारतले भोलि पाकिस्तानसँग खेल्नेछ ।

यसैगरी एसिया कप क्रिकेटको ‘सुपर फोर’अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । अफगानिस्तानले दिएको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा ग¥यो ।

Advertisement

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै बाबर आजमले ६६ रन बनाउँदा शोएब मलिकले ५१ रनको उत्कृष्ट पारी खेले । अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए । यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २५७ रन बनाएको थियो । अफगानिस्तानले भोलि नै बंगलादेशसँग खेल्नेछ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top