×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

ट्रम्प होइन पुटिनले रोजे कमला

२२ भाद्र २०८१

२२ भदौ , एजेन्सी ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन् । रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले ह्यारिसलाई समर्थन गर्ने बताएका हुन् । ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई ह्यारिसको पक्षमा उतार्न आवश्यक छ’, उनले भने ।

Advertisement
Advertisement

डोनाल्ड ट्रम्पले रूसमाथि अन्य अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै पुटिनले ह्यारिस यस्ता कार्यबाट टाढै रहने विश्वास व्यक्त गरे। गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गरेका थिए । पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो ।

अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको छ । रुस समर्थक सञ्चारमाध्यमका कारण अमेरिकाका संस्थाहरूप्रति नागरिकको विश्वासमा आँच पु¥याउने प्रयास भइरहेको अमेरिकाले दाबी गरेको छ । रुसी टेलिभिजन आरटीले भने चुनाव हस्तक्षेपमा आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताएका छन् । अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले नोभेम्बरमा हुने राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको दौडमा मस्को आफूलाई मनपर्ने परिणाम सुरक्षित गर्न लागिपरेको आरोप लगाएका छन् ।

राष्ट्रपति जो बाइडेन प्रशासनले आरटीमा रुस समर्थक प्रचार र गलत जानकारी फैलाउन भुक्तानी गरेको आरोप लगाउँदै मुद्दा चलाएको छ । यस्तै रुसको क्रेमलिनको समर्थनमा सञ्चालित मिडियाका कर्मचारीहरूलाई भिसा प्रतिबन्ध पनि लगाएको छ । यीनै आरोपहरुकाबीच कमलालाई समर्थन गर्ने पुटिनको पछिल्लो धारणा आएको हो ।

यद्यपि, पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्नेगरेको पाइन्छ । गत वर्ष उनले अमेरिकाको राजनीतिक प्रणाली बिग्रेको’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए। यस्तै पुटिनले युक्रेनसँगको युद्धविराम वार्ताका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने पनि बताएका छन् ।

रुसी शहर भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक’ फोरममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्ने र युद्धविरामका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताएका हुन् । पुटिनले आफूहरूले आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्ने तथा युद्धविरामका लागि सबैभन्दा पहिले चीन, ब्राजिल र भारतसँग सम्पर्कमा रहेको बताएको खबरमा उल्लेख छ ।

Advertisement

राष्ट्रपति पुटिनले युक्रेनसँग युद्धविराम गर्ने सहमति भए पनि युक्रेनले पश्चिमी देशहरूको प्रभावमा आएर युद्ध जारी राखेको आरोप लगाएका छन् । युक्रेनले रुसलाई रणनीतिक रूपमा हराउन चाहेको तर त्यो नभइरहेको उनको भनाइ छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top