×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

बालेनको नजरमाःसरकार नै दुई जिब्रो ! खोलाका घर नभत्किने

२३ भाद्र २०८१

२२ भदौ , काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध निरन्तर रूपमा खनिएका छन् ।

विशेषगरी काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाबारे विवाद सिर्जना भएपछि सरकार र बालेनबीचको भनाभन उत्कर्षमा पुगेको छ ।

सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती र यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो ।

हाल बहाव क्षेत्र कायम भैसकेका बागमती लगायतका सबै सहायक नदीहरूको हकमा वर्षातमा हुने बाढी समेतलाई मध्यनजर गर्दै नदीको दुवै किनारामा कम्तीमा अर्को २० मिटरका दरले तटीय क्षेत्र कायम गरी सीमांकन गर्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आएपछि, अदालतको आदेश कार्यान्वयन गर्न भन्दै काठमाडौं महानगरपालिकाले गत साउन २४ गते नदी किनारमा थप २० मिटर छाडेरमात्रै संरचना बनाउन सूचना जारी गरेको थियो ।

महानगरको यो सूचनापछि काठमाडौंका नदी किनारका क्षेत्रमा थप तरंग आएको छ। महानगरप्रमुखस्तरीय निर्णय भन्दै यस्तो सूचना जारी गरेपछि नागरिकमा आतंक छाएको भन्दै उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले कार्यपालिका बैठकमै मेयर बालेन शाहसँग असन्तुष्टि पोखे।

सूचना फिर्ता लिन ध्यानाकर्षण गराएका उनीहरूले प्रधानमन्त्री ओली र सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फैसलाको न्यायिक पुनरवलोकनका लागि आग्रह गरे ।

तर, बालेन आफ्नो कदमबाट पछाडि नहटेपछि नेकपा एमाले संस्थागतरूपमै आन्दोलित भएको मात्रै छ्रैन, एमाले–बालेन आमुन्ने–सामुन्नेको अवस्थामा पुगेका छन् ।

पछिल्लोपटक मात्र एमालेकी सांसदलक्षित स्टाटसमा उनीहरूका कार्यकर्ताहरूले धेरै ‘रिपोर्ट’गरेपछि फेसबुकले बालेनको उक्त पोस्ट हटाइदिएको थियो ।

त्यसले एमालेसहित पुराना दलका नेताहरूलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलेको थियो । पछि, फेसबुकले उक्त पोस्ट फिर्ता पनि ग¥यो ।

तर, अझै पनि एमाले–बालेन घोचपेचको श्रृंखला चलिरहेकै छ । पछिल्लोपटक भने बालेनले काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाबारे भएको विवादलाई कोट्याएका छन् ।

यो प्रकरणमा ओली नेतृत्वको सरकारले दोहोरो नीति लिएको भन्दै बालेनले आपत्ति जनाएका छन् । बालेनले नयाँ मापदण्डअनुसार बनेका काठमाडौँ महानगरअन्तर्गत पर्ने कुनै पनि घर नभत्किने पनि प्रतिबद्धता जनाएका छन् । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उनको भनाइ छ ।

‘आफैं धामी, आफैं झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ?,’ उनको प्रश्न छ ।

उनी थप लेख्छन्,– ‘खोलाको मापदण्ड र कानुन आफैं बनाउने, आफैं सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’

न्याय खोज्ने हो भने काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइने भन्दै उनले नेताहरूलाई प्रश्न गर्नु सुझाव दिएका छन् । मापदण्डबारे कानुन नै बनाएर निकास दिनुपर्नेमा उनले जोड दिएका छन् ।

उनी थप लेख्छन्–‘तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निश्चिन्त रहनुहोस् । भत्काउनै परे सरकारले मुआब्जा दिनु पर्छ ।

५० वर्ष पहिलेको तीनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन। तपाईंको लागि हामी छँदै छौं , केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि ।

जब नियम परिवर्तन हुन्छ हामी सोहीअनुसार फेरि सूचना जारी गरी हाल्नेछौं, त्यतिनजेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो ।’

यता सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।

सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।

आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top