विराटनगर, असोज ६
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियन्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।
श्रेष्ठले प्रगतिशील समूहतर्फबाट यही आउँदो असोज १३ गते हुने निर्वाचनका लागि खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन् ।
उनी प्रदेश १ बाट नेपाल जनस्वास्थ्य संघको खुल्ला सदस्यमा उम्मेदवार दिने एक्ला उम्मेदवार हुन् ।
स्वास्थ्यकर्मीहरुको हकहितको लागि विगत १५ वर्षदेखि लागि पर्दै आएका कारण पनि आफूले जित हासिल गर्ने उनको विश्वास छ ।
सामाजिक क्षेत्रमा समेत लागि परेका श्रेष्ठ नेपाल जेसीज, लियो क्लब तथा अन्य विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् ।
आफ्नो ऐजण्डा निर्धक्क साथ राखी त्यसलाई स्थापित समेत गराउन सक्ने क्षमता भएका कारण श्रेष्ठ संघभित्र पनि लोकप्रिय छन् ।