×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिक्षक खुर्शीदको हत्या नियोजित डिजाइन : मुस्लिम गठबन्धन

६ आश्विन २०७५

विराटनगर,असोज ६
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले असोज ४ गते बिहिबार सुनसरीको हरिनगर गांउपालिकामा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका खुर्शीद आलमको हत्या लगायतका घटना नियोजित डिजाइनमा हुने गरेको दाबी गरेको छ ।

गठबन्धले शनिबार विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि हत्यारा पक्राउ गर्नुका साथै घटनाको बिषयमा सत्यतथ्य छानबिन गर्न पनि माग गरेको छ ।

Advertisement
Advertisement

पत्रकार सम्मेलनमा संस्थाका महासचिव मोहम्मद जाकिर हुसैनले वरिपरि डेढसय बढी सुरक्षाकर्मीको उपस्थिति रहेको ठांउमा दिउसो ११ बजे अपराधीहरुले आलमको हत्यागरि फरार भएपनि रोक्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले प्रत्येक एकदुई बर्षको अन्तरालमा मुस्लिम नेताहरुको हत्या हुंदै आएपनि राज्यले त्यसलाई रोक्न नसकेको बताए ।

गठबन्धनका केन्द्रीय संयोजक समीम मियाँ अन्सारीले यसअघिका हत्या प्रकरणहरुमा पनि बनेको छानबिन समितिले दिएका प्रतिवेदन सार्वजनिक नगर्ने गरिएको बताउंदै आलम हत्या प्रकरणको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरे ।

उनले खुर्शीद आलमलाई दोषीकोरुपमा प्रचार गरिएकोमा आपत्ती जनाउदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन ।

Advertisement

नेकपाका केन्द्रीय सदस्य महफुज आलमले मृतक आलम सामान्य नागरिक रहेपनि एकहोरोरुपमा दोषीकोरुपमा प्रचारबाजी गरिएको भन्दै प्रचारबाजीले वास्तविक घटना ओझेलमा पर्नसक्ने चिन्ता ब्यक्त गरेका छन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top