NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

सहकारीको १५ करोड ठगी बारे धनराज बेखबर

मङ्लबार भदौ २५ , २०८१
Reading Time: 1 min read
A A
कांग्रेसका उपसभापति पनि सहकारी ठग ? सीआईबीमा जाहेरी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ भदौ , काठमाण्डौ।

सहकारीमा वचत रहेको आम सर्वसाधारणको रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफू सहकारीको अपचनबारे बेखर रहेको बताएका छन् । श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै आफ्नो कुनै सम्बन्ध नरहेकोले नाम जोड्नु गलत भएको उनको भनाई छ । उनले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योति गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्।

 

निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

उनले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।’ धनराजले सहकारीको ठगी प्रकरणबारे आफूलाई कुनै जानकारी नै नभएको बताइरहदा उनले श्रीमतीसँग नक्कली सम्बन्धबिच्छेद गरेको आरोप लागेको छ ।

‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको थियो । अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका हुन् ।

बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले दिएको जानकारीअनुसार ज्योतीविरुद्ध ठाडो उजुरी परेको र अनुसन्धान सुरु गरिएको छ ।

ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । कुम्मराजले समितिमा भने धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी समेत गरेका थिए । “धनराज पनि जानकार छन् । बूढाबूढी सँगै बसेर पनि पटक–पटक तिर्ने बाचा गरेका हुन् भनेर कुम्मराजले लिखित बयान नै दिएको समितिका सदस्यहरुले बताएका छन् ।

कुम्मराजले धनराजसँग पछिल्लो सम्पर्क दुई वर्षअघि पनि भएको बताउँदै समितिको बयानमा भनेका छन्, “डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएका हुन् ।” सहकारी अपचनमा कांग्रेस उपसभापति जोडिएपछि रास्वपाले यो विषयमा संसदमा गम्भिर रुपमा उठाएको छ । रास्वपाले गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के–के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न उनले माग गरेका छन् । उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरेका छन् । कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिएको छ ।

मितेरी सेभिङ एण्ड क्रेडि को अपरेटिभ महालक्ष्मी स्थान ललितपुरमा कार्यालय रहेको संस्था हो । यो सहकारीको हाल अध्यक्ष कुम्भराज गुरुङ , बोध विक्रम थापा सचिव, हरिबहादुर रोक्का मगर, मन गुरुङ लगायत सञ्चालक रहेको देखिएको छ । बागमती प्रदेश सहकारी विभागका सूचना अधिकारी लीलानाथ मिश्रका अनुसार यसले बागमती प्रदेश सहकारी विभागमा २०७७÷७८ को लेखा परीक्षण विवरण बुझाएको छ ।

त्यसयता कुनै पनि विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार यसले वार्षिक २५ करोडको कारोबार गरेको देखिन्छ । यसको बचत १९ करोड छ । यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ ।

Tags: #धनराज गुरुङ#सहकारी अपचलन

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.