×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

‘साम्बाला’ हेरेर गगन पनि खुशी, ओस्कारका लागि योग्य

२७ भाद्र २०८१

२७ भदौ ,  काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘साम्बाला’लाई ओस्कारका लागि योग्य भएको बताएका छन् । यो निकै खुसीको विषय भएको उनले बताएका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा गगनले ‘साम्बाला’ निर्देशक मिनबहादुर भामलाई शुभकामना दिँदै यो सिनेमा हेर्न पनि आग्रह गरेका छन् ।

Advertisement
Advertisement

“प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो । ओस्कारवर्दी चलचित्र साम्बाला निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना । कांग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्याति प्राप्त सिनेकर्मी हो भन्दा थप गर्व गर्नसक्ने विषय हो,” गगनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “साम्बाला सिनेमा हलमा भदौ २८ गते आउँदैछ, प्रतिक्षामा छु। सबैलाई हेर्न आग्रह पनि गर्दछु ।”

आइतबार भएको प्रिमियरमा चलचित्र हेर्न कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने पुगेका थिए । गगन भने प्रिमियरमा गएका थिएनन् । मिन नेपाली कांग्रेस आवद्ध व्यक्ति हुन् । उनी मुगुबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सिफारिस भएका थिए ।

चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । ‘साम्बाला’मा उच्च हिमाली भेगको भूगोल छ । त्यहाँ हिउँमा जीवन खोज्ने मानिसहरू छन् ।

तीनजना दाजुभाइसित उनको विवाह हुन्छ । जेठो टासी, माइलो कर्म, कान्छो दावा । माइलो सानैदेखि लामा बनेर गुम्बामा छन् । टासी व्यापारको क्रममा तिब्बत जान्छ । यता पेमा गर्भवती छन्। तर, त्यो गर्भ टासीको होइन भन्ने हल्ला गाउँमा चल्छ । त्यो कुरा ल्हासामा रहेका टासीले सुन्छन् ।

अनि गर्भवती पेमा श्रीमान् टासीलाई खोज्न कठिन यात्रामा निस्किन्छिन् । यही कथाका दृश्यहरु चलचित्रमा हेर्न सकिन्छ । बर्लिन, लोकार्नो जस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रर्दशन पूर्व स्क्रिप्टले नै संसारभर करोडौँ रुपैयाँको पुरस्कार जितेको सम्बाला १४ करोड लगानीमा बनेको नेपालको अहिलेसम्मकै महँगो चलचित्र हो ।

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको मुख्य भूमिका छ । चलचित्रको कथा मिन भाम र अभिनास विक्रम शाहले संयुक्त रूपमा लेखेका छन् । भाम निर्देशित ‘साम्बाला’ हेर्नकै लागि बलिउडबाट नवाजुद्दीन सिद्दिकी र अनुराग कश्यप नेपाल आएका थिए ।

साम्बाला हेरेपछि नवाजुद्दीनले आफ्नो अपेक्षाभन्दा माथिको नेपाली फिल्म रहेको बताएका छन् । उनले फिल्म आश्चर्यजनक र सुन्दर रहेको र आफूले अपेक्षा नगरेको समेत बताएका छन् । उनले सम्बालका कलाकारहरूको अभिनयको पनि तारिफ गरेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top