×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

‘ट्रफी’ का धनी मेसी : जसले जितेका युरोपियन क्लबहरूभन्दा धेरै उपाधि, राेनाल्डोको स्थान कहाँ ?

२८ भाद्र २०८१

२८ भदौ, एजेन्सी ।

समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेसीका अनेकौं कीर्तिमान छन् । सन् २००४ यता विश्व फुटबलमा राज गरिरहेका मेसी अहिले पनि अरूको रेडर्क तोडेर आफ्नो बनाउने ध्याउन्नमा छन् ।

Advertisement
Advertisement

३७ वर्षीय मेसीले अहिले इन्टर मियामीबाट खेल्दै अमेरिकनलाई फुटबलतर्फ आकर्षित तुल्याउने काम गरिरहेका छन् । त्यसअघि उनले स्पेनिस क्लब बार्सिलोना र फ्रान्सको पिएसजीबाट व्यवसायिक फुटबल खेलिसकेका छन् । दक्षिण अमेरिकामा जन्मिएर युरोपियन फुटबलमा आफ्नो नाम कहलाएका मेसी ‘ट्रफी’ का धनी मानिन्छन् ।

सन् २००४ मा मेसीले डेब्यु गरेयता मेसीसँग अहिले ४५ वटा ट्रफी छन्, जुन युरोपका शीर्ष क्लबहरूको भन्दा धेरै हो । त्यस अवधिमा जर्मन क्लब बायर्न म्युनिखले ४४ वटा उपाधि जितेको भने मेसीकै पूर्वक्लब स्पेनको बार्सिलोनाले ३७ वटा उपाधि जितेको छ ।

मेसीले दुई वर्ष खेलेको फ्रान्सेली क्लब पिएसजीले ३७ वटा ट्रफी जितेको छ भने रियल मड्रिडले ३१, इंग्ल्यान्डको म्यानचेस्टर सिटीले २३, इटालीको इन्टर मिलानले २२, चेल्सीले २१, म्यानचेस्टर युनाइटेडले २१ र युभेन्टसले २० वटा ट्रफी जितेका छन् ।

विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग जस्ता चर्चित ट्रफी जितेका मेसीको बालोन डी‘ओरलगायत व्यक्तिगत ट्रफी जोड्दा उक्त संख्या पुगेको हो । मेसीकै कप्तानीमा अर्जेन्टिना सन् २०२२ को विश्वकविजेता बनेको थियो भने २०२१–०२२ र २०२३–०२४ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

त्यसअघि सन् २००५ मा यु–२० विश्वकप जितेका मेसीले सन् २००८ को बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । सन् २०२१–०२२ मा दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्रतियोगितामा अर्जेन्टिनालाई उपाधि दिलाउन मेसीको भूमिका महत्त्वपूर्ण थियो ।

मेसीले सन् २००९ देखि २०२३ सम्म गरी सर्वाधिक धेरै आठ पटक फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ ओर जितेका छन् । चार पटक फिफाबाट सवोत्कृष्ट घोषित् भएका उनले बार्सिलोनाबाटै ६ पटक गोल्डेन बुट जितेका थिए ।

सर्वाधिक धेरै ट्रफी जित्ने खेलाडीतर्फ पनि मेसी सबैभन्दा अगाडि छन् । मेसीपछि आउँछन्, ब्राजिलियन पूर्वखेलाडी डेनी अल्भेस । बार्सिलोना, पिएसजी, युभेन्टसलगायत थुप्रै क्लबबाट व्यवसायिक फुटबल खेलेका अल्भेसले ४३ वटा ट्रफी जितेका छन् । गत वर्षमात्र खेल जीवनबाट अलग भएका कारण अल्भेसले मेसीलाई उछिन्ने त कुरै भएन ।

धेरै ट्रफी जित्ने खेलाडीको सूचीमा तेस्रोमा आउँछन्, आन्द्रेस इनियस्टा । स्पेनसका विश्वकप विजेता इनियस्टाले ३९ वटा उपाधि जितेका छन् । १९ वर्षजति बार्सिलोनाबाट खेलेका इनियस्टा अहिले भने क्लबविहीन अवस्थामा छन् । ब्राजिलका पूर्वडिफेन्डर म्याक्सवेल चौथो नम्बरमा आउँछन् । बार्सिलोना, पिएसजी, इन्टर मिलानबाट खेलेका उनले ३७ वटा ट्रफी जितेका छन् । उनले सन् २०१७ मै सन्न्यास लिएका थिए ।

पाँचौं नम्बरमा छन्, स्पेनिस पूर्वखेलाडी जेरार्ड पिके । बार्सिलोनाका लिजेन्ड मानिने पिकेले अहिले आफ्नै लिग सञ्चालन गर्दै आएका छन् । सन् २०२२ यता किंग्स लिगको चलाइरहेका पिकेले सक्रिय फुटबलबाट भने बिदा लिइसकेका छन् । उनले जम्माजम्मी ३७ वटा ट्रफी जितेका छन् ।

छैटौं स्थानमा ३६ ट्रफी जितेका रियान गिग्स र सातौं नम्बरमा ३५ वटा उपाधि उचालेका केनी डाग्ली रहँदा मेसीका समकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो आठौं स्थानमा छन् । ३९ वर्षको उमेरमा पनि फुटबलमा सक्रिय रहेका रोनाल्डोले ३५ वटा उपाधि जितेका छन् । नवौं नम्बरमा भिक्टर बाइया र दशौं नम्बरमा जाभी छन् । उनीहरूले क्रमशः ३४ र ३३ वटा उपाधि जितेका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top