अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै

काठमाडौं : सरकारले अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले अन्ताराष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त तथा नियमावली (टीओआर) संशोधन प्रस्ताव पास गरेसँगै लाइसेन्स खुल्ने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक ३ बर्षमा संशोधन गरिने भनेको कार्यविधि झन्डै १० बर्षपछि शुक्रबार संशोधन भएको हो ।

Advertisement

सरकारले २०६६ यता लाइसेन्सको लागि आवेदन मागेको छैन । संशोधनसँगै अब सरकारले सार्वजनिक सूचनामार्फत आवेदन खुला गर्ने तयारी गरेको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top