×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

‘ट्रफी’ का सर्वाधिक धनी मेसी, रोनाल्डो कति औं स्थानमा ?

२८ भाद्र २०८१

२८ भदौ , एजेन्सी ।

समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेसीका अनेकौं कीर्तिमान छन् । सन् २००४ यता विश्व फुटबलमा राज गरिरहेका मेसी अहिले पनि अरूको रेडर्क तोडेर आफ्नो बनाउने ध्याउन्नमा छन् ।

Advertisement
Advertisement

३७ वर्षीय मेसीले अहिले इन्टर मियामीबाट खेल्दै अमेरिकनलाई फुटबलतर्फ आकर्षित तुल्याउने काम गरिरहेका छन् । सुनसान देखिने फुटबल प्रतियोगिताहरु मेसी पुगेसँगै भरिभराउ हुँदै आएका छन् ।

त्यसअघि उनले स्पेनिस क्लब बार्सिलोना र फ्रान्सको पिएसजीबाट व्यवसायिक फुटबल खेलिसकेका छन् ।दक्षिण अमेरिकामा जन्मिएर युरोपियन फुटबलमा आफ्नो नाम कहलाएका मेसी ‘ट्रफी’ का धनी मानिन्छन् ।

सन् २००४ मा मेसीले डेब्यु गरेयता मेसीसँग अहिले ४५ वटा ट्रफी छन्, जुन युरोपका शीर्ष क्लबहरूको भन्दा धेरै हो । त्यस अवधिमा जर्मन क्लब बायर्न म्युनिखले ४४ वटा उपाधि जितेको भने मेसीकै पूर्वक्लब स्पेनको बार्सिलोनाले ३७ वटा उपाधि जितेको छ ।

मेसीले दुई वर्ष खेलेको फ्रान्सेली क्लब पिएसजीले ३७ वटा ट्रफी जितेको छ भने रियल मड्रिडले ३१, इंग्ल्यान्डको म्यानचेस्टर सिटीले २३, इटालीको इन्टर मिलानले २२, चेल्सीले २१, म्यानचेस्टर युनाइटेडले २१ र युभेन्टसले २० वटा ट्रफी जितेका छन् ।

विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग जस्ता चर्चित ट्रफी जितेका मेसीको बालोन डी‘ओरलगायत व्यक्तिगत ट्रफी जोड्दा उक्त संख्या पुगेको हो । मेसीकै कप्तानीमा अर्जेन्टिना सन् २०२२ को विश्वकविजेता बनेको थियो भने २०२१–०२२ र २०२३–०२४ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

त्यसअघि सन् २००५ मा यु–२० विश्वकप जितेका मेसीले सन् २००८ को बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । सन् २०२१–०२२ मा दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्रतियोगितामा अर्जेन्टिनालाई उपाधि दिलाउन मेसीको भूमिका महत्त्वपूर्ण थियो ।

मेसीले सन् २००९ देखि २०२३ सम्म गरी सर्वाधिक धेरै आठ पटक फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ ओर जितेका छन् । चार पटक फिफाबाट सवोत्कृष्ट घोषित् भएका उनले बार्सिलोनाबाटै ६ पटक गोल्डेन बुट जितेका थिए ।

सर्वाधिक धेरै ट्रफी जित्ने खेलाडीतर्फ पनि मेसी सबैभन्दा अगाडि छन् । मेसीपछि आउँछन्, ब्राजिलियन पूर्वखेलाडी डेनी अल्भेस । बार्सिलोना, पिएसजी, युभेन्टसलगायत थुप्रै क्लबबाट व्यवसायिक फुटबल खेलेका अल्भेसले ४३ वटा ट्रफी जितेका छन् ।

गत वर्षमात्र खेल जीवनबाट अलग भएका कारण अल्भेसले मेसीलाई उछिन्ने त कुरै भएन । धेरै ट्रफी जित्ने खेलाडीको सूचीमा तेस्रोमा आउँछन्, आन्द्रेस इनियस्टा । स्पेनसका विश्वकप विजेता इनियस्टाले ३९ वटा उपाधि जितेका छन् ।

१९ वर्षजति बार्सिलोनाबाट खेलेका इनियस्टा अहिले भने क्लबविहीन अवस्थामा छन् । ब्राजिलका पूर्वडिफेन्डर म्याक्सवेल चौथो नम्बरमा आउँछन् । बार्सिलोना, पिएसजी, इन्टर मिलानबाट खेलेका उनले ३७ वटा ट्रफी जितेका छन् ।

उनले सन् २०१७ मै सन्न्यास लिएका थिए । पाँचौं नम्बरमा छन्, स्पेनिस पूर्वखेलाडी जेरार्ड पिके । बार्सिलोनाका लिजेन्ड मानिने पिकेले अहिले आफ्नै लिग सञ्चालन गर्दै आएका छन् । सन् २०२२ यता किंग्स लिगको चलाइरहेका पिकेले सक्रिय फुटबलबाट भने बिदा लिइसकेका छन् ।

उनले जम्माजम्मी ३७ वटा ट्रफी जितेका छन् । छैटौं स्थानमा ३६ ट्रफी जितेका रियान गिग्स र सातौं नम्बरमा ३५ वटा उपाधि उचालेका केनी डाग्ली रहँदा मेसीका समकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो आठौं स्थानमा छन् ।

३९ वर्षको उमेरमा पनि फुटबलमा सक्रिय रहेका रोनाल्डोले ३५ वटा उपाधि जितेका छन् । नवौं नम्बरमा भिक्टर बाइया र दशौं नम्बरमा जाभी छन् । उनीहरूले क्रमशः ३४ र ३३ वटा उपाधि जितेका छन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top