×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

विश्वकपको पर्याय ब्राजिल : किन झन्–झन् खस्किँदै छ ?

२८ भाद्र २०८१

२८ भदौ, विराटनगर । 

आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा २३औं संस्करणको फिफा विश्वकपको आयोजना गर्दै छन् । विश्वकपको इतिहासमै पहिलोपटक ४८ टोलीको सहभागितामा खेलाइने उक्त फुटबलको महाकुम्भमा १० वटा दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा सर्वाधिक धेरै पाँच पटकको विश्वविजेता ब्राजिलको अवस्था भने दयनीय छ ।

Advertisement

यसअघि शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट हुँदै आएको ब्राजिल यसपटक भने संघर्षरत अवस्थामा छ । हालसम्म आठ खेल खेलिसकेको ब्राजिल चार खेलमा हार, तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंक जोडेको छ । अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र इक्वेडरपछि अंक तालिकाको पाँचौं स्थानमा छ, ब्राजिल ।

यसअघि सन् २०२२ मा भएको कतार विश्वकप र त्यसभन्दा अगाडिको रसिया विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रहरूमध्ये शीर्ष स्थानमा रहेर ब्राजिल छानिएको थियो । हुन त ब्राजिल फिफा विश्वकपका हरेक संस्करणमा छनोट हुने एकमात्र राष्ट्र हो । विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली ब्रालिलबिना कुनै विश्वकप भएका छैनन् । सन् १९३० देखि सन् २०२२ सम्मका सबै विश्वकपमा सहभागिता जनाएको ब्राजिलले आफ्नो उपस्थितिलाई बलियो इतिहासका रूपमा सुरक्षित गरेको छ ।

सन् १९५८ र १९६२ मा लगातार दुई पटक १९७०, १९९४ र २००२ मा गरी ब्राजिल कुल पाँच पटक विश्वकप विजेता बनेको छ । दुईचोटी फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भएको ब्राजिल दुई पटक तेस्रोमा सीमित बनेको थियो । पछिल्लो पटक सन् २००२ मा विश्वविजेता बनेयता ब्राजिल सन् २०१४ मा जर्मनीसँग हारेर चौथो बनेको थियो । जर्मनीसँगको ७–१ गोलान्तरको हार ब्राजिलका लागि सबैभन्दा ठुलो हार थियो । त्यसबीचका विश्वकपको क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेको छैन, ब्राजिल ।

सन् २००२ को विश्वकप जितेपछि ब्राजिल सन् २००६ को विश्वकपका लागि पहिले नै छनोट भएको थियो । किनभने फिफाले नियम परिवर्तन गर्दै विश्व कपको विजेताले स्वतः अर्को प्रतियोगिता खेल्ने नियम थियो । ब्राजिल सर्वाधिक दुई पटक विश्वकप आयोजना गर्ने राष्ट्र पनि हो । ब्राजिलले सन् १९५० र २०१४ मा विश्वकप आयोजना गरेको थियो । ब्राजिल विश्वकपमा सार्वधिक गोल गर्ने टोली हो । ब्राजिलले २३७ गोल गरेको छ । जर्मनीले २३२ गोल गर्दा साविक विजेता अर्जेन्टिनाले १५२ गोल गरेको छ ।

Advertisement

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् । युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् । युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top