×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको ’इरान डिल’: दाबी एकातिर, जमिनको यथार्थ अर्कैतिर? || Nepal Times
Apr 17, 2026
Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026

धनराजको “सहकारी डिभोर्स”,१२ सहकारी अध्यक्षको डिभोर्स

२८ भाद्र २०८१

२८ भदौ , विराटनगर ।

लहरो तान्दा पहरो थर्कन्छ भन्ने उखान त तपाईंले सुन्नु नै भएको होला ! हो, अहिले नेपाली राजनीतिमा पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । अहिले एकपछि अर्को गर्दै नेपालका शीर्ष नेताहरू सहकारीको बचत रकम हिनामिना गरेको विषय बाहिरिन थालेको छ ।

Advertisement
Advertisement

रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको सहकारीको बचत अपलनको आरोपबारे जगजाहेर नै छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा आसीन रहँदा लामिछानेलाई सञ्चारकर्ममा हुँदाताका सहकारीको रकम अपचलन गरेको आरोप छ ।

लामिछानेले जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आक्षेप लाग्दै आएको छ । उक्त आरोप लागेपछि त्यसबेला प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसले संसदमा हंगामा नै खडा ग¥यो ।

त्यसबेला नै लामिछानेमाथि छानबिन नभए संसद अवरुद्ध गर्ने कांग्रेसको अडान थियो । ५० हजार मानिसहरू सहकारी ठगी प्रकरणबाट प्रभावित भएको र त्यसमा लामिछानेको शंकास्पद भूमिका देखिएको भन्दै छानबिन संसदमा उफ्रिने मध्येका एक हुन्, कांग्रेसका उपसभापति धनराज गुरुङ ।

उनै गुरुङ अहिले सहकारी रकम हिनामिना प्रकरणमा मुछिएका छन् । प्रतिनिधिसभाले बनाएको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको हो ।

धनराजकी पूर्वश्रीमती ज्योति गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको आरोपपछि अनुसन्धान नै सुरु भएको छ । तथापि, धनराज भने ज्योतिसँग १८ वर्षअघि नै ‘डिभोर्स’ भइसकेको भन्दै पन्छिन खोजेका छन् ।

उनले आफूमाथि सहकारीको वचत अपचलनमा मुछिएको आरोप लागेपछि संसदबाट प्रष्टिकरण दिएका छन् । उनले सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरे । उनले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए ।

उनको थप स्पष्टीकरण छ, “तत्कालीन मेरी श्रीमती ज्योति गुरुङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा महाप्रबन्धकका रूपमा कार्यरत थिइन् । निज उक्त सहकारीमा रहँदा भएको हरहिसाबलगायत अपचलनका बारेमा मलाई जानकारी हुने विषय भएन । ज्योतिसँग मेरो २०७६ साल फाल्गुन २९ गते जिल्ला अदालतमा सम्बन्धविच्छेद भइसकेको उक्त दिनदेखि कुनै पनि सम्बन्ध नभएको जानकारी गराउँदछु ।”

ज्योतिसँगको सम्बन्ध र व्यवहारबाट आफैँ पीडित भएको उनको दाबी छ । उनले १० वर्षको सन्तान आफैँले राखेर सम्बन्धविच्छेद गरेको र त्यसको पीडा आफूलाई मात्र थाहा भएको भन्दै उनले एक टिभी अन्तर्वार्तामै आँशु खसालेका छन् ।

सहकारी प्रकरणमा उपसभापति धनराजलाई उनको दल नेपाली कांग्रेसले पनि काँध थापेको छ । गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार भएको बताएको छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार रहने जानकारी दिएको छ ।

यद्यपि उपसभापति गुरुङले पत्नीसँग नक्कली डिभोर्स गरेको भन्ने प्रशंगको भने कांग्रेसले खण्डन गरेको छ । प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले भनेका छन्, ‘जसरी संसदमा कुरा उठ्यो कि नक्कली डिभोर्स भनेर, डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? बिहा नक्कली हुन्छ ?,’ उनले भने, ‘कानुनबमोजिम विवाह दर्ता भए त्यो विवाह हो। कानुनबमोजिम डिभोर्स भए डिभोर्स हो, संसारभर लोग्ने स्वास्नीको सम्बन्धबाहेक अरुमा डिभोर्स हुँदैन।’

यस प्रकरणमा महामन्त्री गगन थापाले समेत उपसभापति गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको उनले बताएका छन् ।

उनले भनेका छन्,‘उहाँ आफैंले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न हुँदैन । कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन हुँदैन ।’

स्वयम धनराज अनि नेपाली कांग्रेसले समेत उनको डिभोर्सको बचाउ गरिरहदा सहकारी बचत अपचलनसम्बन्धी घटनाहरूको छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिका सदस्यहरूले धनराज दम्पतीको ‘सहकारी डिभोर्स’ मात्र भएको हुन् सक्ने आशंका गरेका छन् ।

विहीबार समितिका सभापति सूर्य थापासहितका सदस्यहरूले ललितपुरको महालक्ष्मीमा अवस्थित मितेरी सहकारीको स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत अपचलनको विषयमा समेत सोधपुछ गरेको छ ।

डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज आफैंले आएर तिरेको सहकारीका अध्यक्ष गुरूङ छानविन समितिलाई बताएका छन् । उनले एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको डिभोर्स नै नभएको बताएका छन् ।

कागजीरूपमा डिभोर्स भएको भनिए पनि वास्तविक नभएको उनको भनाइ छ । यसअघि समितमै गएर दिएको बयानमा समेत कुम्भराजले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए ।

उनले एक महिनाजति अघिमात्र धनराजले डिभोर्स भएको भनिएकी श्रीमती ज्योतिको नाममा ऋण समेत तिरेको बताएका थिए । अध्यक्ष कुम्मराजले सहकारीबाट ज्योतिले कम्तिमा पनि १४ करोड हिनामिना गरेको बताएका थिए ।

धनराजको डिभोर्स समेत शंकाको घेरामा परिरहेको अवस्थामा गएको बैशाखमा मात्रै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निवर्तमान अध्यक्ष परितोष पौड्यालले योजनाबद्ध रूपमा सहकारी ठगीको काम भइरहेको भन्दै समस्यामा परेका भनिएका १२ वटा संस्थाको वित्तीयदेखि सबै अवस्था हेर्दा १२ वटै संस्थाका अध्यक्षले श्रीमतीसँग डिभोर्स गरेको पाइएको बताएका थिए ।

यता गुरुङकी पूर्वपत्नी ज्योतिले सहकारीको रकम विदेश लगेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उनीविरुद्ध उजुरी परेपछि भएको प्रारम्भिक अनुसन्धानमा ज्योतिले रकम विदेश लगेको हुन् सक्ने देखिएको एक प्रहरी उच्च अधिकारीले बताएका छन् ।

धनराजपछि अहिले आएर,नेकपा एमालेका सांसद तथा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । पोखरेलकै अग्रसरतामा २०६८ मा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालकसमेत रहेको मोरङ धनपालथान गाउँपालिका–४ कर्सियास्थित उमा गौरी कृषि सहकारीबाट १४ करोड ५६ लाख हिनामिना भएको छ ।

पीडितहरूले प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएको लामो समय बित्दा पनि कारबाही अगाडि बढेको छैन् । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लागेको छ । ऋषिकेशकी पत्नी अञ्जला २०७२ देखि २०७८ सम्म सञ्चालक समिति सदस्य थिइन्  ।

२०६८ देखि २०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन्, जसका कारण अहिले अनुसन्धानमै पनि समस्या भएको छ । उद्यपि पोखरेलले भने यो आरोपलाई केही भ्रष्ट र विचौलियाहरुले,केही संचारमाध्यमको प्रयोग गरि–अमुक सहकारीसंग जोडि–ईमानको चरित्र हत्या गर्न ,गरिएको भ्रामक दुश्प्रचार भनी खेद व्यक्त गरेका छन् ।

केही समयअघि मात्र नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो । तर, प्रतिनिधिसभा सदस्यसमेत रहेकी बस्नेत फरार बनेपछि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी उनका ज्वाई नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथीमार्फत् रकम निकासी गरेको अनुसन्धानले देखाएको छ ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन गरेको छ । उक्त समितिले रास्वपा सभापतिलगायत सहकारी प्रकरणमा जोडिएका थुप्रैको बयान लिएर अनुसन्धान गरिरहेको छ ।

एमालेका सूर्य थापाको संयोजकत्वमा बनेको सो समितिले अब मितेरीका अध्यक्षले धनराजले डिभोर्सपछि समेत सहकारीको ऋण तिरेको बयान दिएपछि सत्तारूढ दलभित्रका धनराज र ऋषिकेश समेत सहकारी प्रकरणमा जोडिएको भन्ने विषयको अनुशन्धान कसरी गर्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top