×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आमरण अनशनमा बसेका गाउँपालिका अध्यक्षलाई भेटेर गगनले भने- सरकारकाे ध्यान जाओस्

२८ भाद्र २०८१

२८ भदौ, नवलपरासी ।

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई भेटेका छन् । शुक्रबार पालिका अध्यक्ष यादवलाई भेटेर थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।

Advertisement
Advertisement

महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने , ‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको बताए ।

उक्त हुलाकी राजमार्ग तीन खण्डमा निर्माण हुँदैछ । परासी–नारायणचोक खण्ड, नारायण चोक–त्रिवेणी खण्ड र बेलाटारी खण्ड गरी हुलाकी राजमार्ग निर्माण हुँदैछ । नारायण चोक–त्रिवेणी खण्डको साढे ६ किलोमिटर हुलाकी राजमार्ग प्रतापपुर गाउँपालिकाभित्र पर्दछ । उक्त राजमार्ग सरदमुकाम जोड्ने मुख्य सड्क हो ।

Advertisement

नारायण चोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि बज्रगुरु–महालक्ष्मी जेभी कपुन्डोल कम्पनीले २०७६ मङ्सिरमा रु ४९ करोड ६० लाखमा ठेक्का लिएको हो । हालसम्म उक्त सड्कमा ग्राभेल मात्रै हाल्ने काम भएको छ । धैरे ठाउँमा ठूल–ठूला खल्डाखुल्डी भई वर्षाको पानी सड्कमै जमेको अवस्था छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top