×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

एमाले नेतृलाई मेटमणि भन्छन्, अचारवाली अचारमा ध्यान दिनु

२९ भाद्र २०८१

२९ भदौ ,काठमाण्डौ ।

एक टीभी अन्तर्वार्तामा नेपालको भूभागबारे विवादास्पद टिप्पणी गरेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले अहिले चौतर्फी आलोचनाको सामना गर्नु परेको छ । यसबारे उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको छ ।

Advertisement

 

तर पार्टीलाई दिएको स्पष्टीकरणमा उनले आफूले भनेको कुरालाई बंग्याएर गलत अर्थ लगाइएको दाबी गरेका छन् । केहीले त उनलाई कारबाही गरिनु पर्ने समेत माग गरेका छन् । तर मेटमणी भने आलोचना गर्नेहरुमाथि नै जाइलाग्न थालेका छन् ।

उनले आफूमाथि प्रश्न उठाउनेलाई व्यक्तिगत तहमै उत्रिएर कटाक्ष गरेका छन् । नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले पनि मेटमणीको अभिब्यक्तिको आलोचना गर्दै उनलाई कारबाही हुनुपर्ने समेत बताएकी छन् ।

मेटमणिले ‘देशविरोधी’ अभिव्यक्ति दिएकाले उनलाई कारबाही हुनुपर्ने माग पूर्वसांसद शान्ताले गरेकी हुन् । तर पूर्वमन्त्रीसमेत रहेका मेटमणीले भने शान्तालाई अचारवाली भन्दै खिसिट्उिरी गरेका छन् ।

केही दिनअघि टीभी अन्तर्वार्ताका क्रममा मेटमणिले नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, कालापानी, लिपुपलेकमा भारतको अधिकार भएको भनेपछि उनको आलोचना भइरहेको छ । आफूले पनि त्यस्तो बोल्न नहुने भन्दा मेटमणिले आफूलाई ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो शान्ताले गरेकी छन् ।

‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो मेटमणिजी मेरो बदख्वाइँ गर्न लाग्नुभएछ । कालापानी भारतको हो भन्दै टेलेभिजनमा बोल्ने मेटमणिलाई त्यस्तो बोल्नु राम्रो होइन भन्दा मलाइ अचारवाली भनेर तुच्छ वचन बोल्नुभएछ’, शान्ताले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘महिला उद्यमीहरूप्रतिको उहाँको धारणा कति दुर्गन्धित रहेछ । म एउटा राजनीति गर्ने मान्छे स्वाभिमानयुक्त राजनीतिको लागि उद्यमशीलता आवश्यक छ भनेर लागेको छु। विदेशीको दलाली गरेर देशको सार्वभौमिकताप्रति खेदो खन्ने काम मैले गरेको छैन।’

उनले अगाडि लेखेकी छन्, ‘कि तपाईंजस्तै विदेशी कुँडो खाएर देशविरुद्ध बोल्दै हिँड्नु माननीयज्यू? देशविरोधी तपाईंका अभिव्यक्तिप्रति तपाईंलाइ कारबाही हुनुपर्छ।’ मेटमणीले भने सामाजिक संजालमा लेखेका छन्, आफूलाई खुब ज्ञानी ठान्ने सुशील गौतम र दाङको अचार वालीले, भिडियोको सानो फुटेज मात्रै हेरेर मेरो बारेमा टिप्पणी गर्न भ्याएछन् ।

फुटेजको अघि, पछिको कुरा पनि सुन्नु नि । प्रतिक्रिया दिने विषयमा किन हतार गरेको ? हुन त फुर्सद कहाँ छ यी दुवैलाई । एउटालाई नकारात्मक कुराको खोजि गर्न ठिक्क छ र अर्कालाई भने डल्ले रातो खुर्सानी र नुन बेसार, अमिलो अनि विभिन्न मसलाको विषयमा । यसैले दुवै जानाले मज्जाले सुन्नु ।

कुन मनसाय र नियतको साथ बोलेको ? फुटेजमा लिम्पियाधुरा, लिपुलेक र कालापानिका जनताहरु २०१५ सालका मतदाता हुनुहुन्छ, तिरो तिरेको रसिद अहिले पनि सुरक्षित छ भनेछु, सुगौली सन्धिको समयमा पनि महाकाली नदी पूर्व सबै भूभाग हाम्रो हो भनेको छु तर महाकाली सन्धिपछि आधा आधाका सिद्यान्तमा सन्धि गरेकाले उसले दाबी गरिरहेको र दाबी पुगेको भनी दाबी गरिराछ भनेर मनसाय व्यक्त गरेकोछु ।

तर केही नबुझिकन टिप्पणी गर्न सुहाएन । बरु अचार तर्फै ध्यान दिनु, उद्योग राम्रो चलेछ भन्ने सुनेछु । नुन कम पर्ला, डल्ले खुर्सानी नभेटिएला । पञ्जा नलगाई अचार मोल्लान, कपाल नढाकिकन बनाउने ठाउँमा प्रवेश होला ।

यद्यपि, यसबीच चौतर्फी आलोचना बढेपछि सांसद मेटमणि चौधरीले विज्ञप्ति निकालेर आफूले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेको उनको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘न मेरो त्यस्तो आशय थियो न त नियत नै । कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझन सक्नुहुनेछ ।’ उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरेको बताएका छन् ।

चार वर्षअघि यही विषयमा आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टीको कारबाहीमा परेकी थिइन् । नेपालको राष्ट्रियता, सीमा र तत्कालीन सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएकी गिरीको सांसद पदमात्रै गएन उनको राजनीतिक करियर नै सकियो ।

अहिले उनी मूलधरको राजनीतिक सिनमा कतै देखिएकी छैनन् । गिरीले २०७७ जेठमा संसद्मै सरकारले जारी गरेको नक्सा देशको नभएको अभिव्यक्ति दिएकी थिइन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिइन् ।

यतिमात्रै होइन सांसद गिरीले नेपालको संविधान संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने मागसमेत गरेकी थिइन् । आफ्नो विवादास्पद अभिव्यक्तिमा अडिग रहेपछि न उनको सांसद पद रहृयो न राजनीतिक करियर नै ।

Advertisement

संसद्, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट राष्ट्रियता जस्तो संवेदनशील विषयमा लगातार आपत्तिजनक अभिव्यक्ति दिएर गिरीले राजनीतिबाट हात धोएको चार वर्षपछि नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरी फेरि उस्तै विवादमा फसेका हुन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top