NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

हिजबुल्लाहमा भागाभाग, पेजरपछि वाकी–टकी पड्कियो

बिहिबार अशोज ३ , २०८१
Reading Time: 1 min read
A A
हिजबुल्लाहमा भागाभाग, पेजरपछि वाकी–टकी पड्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ असोज ,  एजेन्सी ।

लेबनानमा एकपछि अर्को गर्दै यति धेरै विष्फोट हुनेछन् भन्ने कसैले सोचेका थिएनन् । इजरायलको उत्तरमा लेबनानमा छ । त्याहाँ एउटा विद्रोही संगठन छ हिजबुल्लाह । इजरायलको सबैभन्दा ठूलो शत्रु हिजबुल्लाहलाई अहिले आफ्ना लडाकुको ज्यान बचाउन धौधौ परिरहेको छ ।

सेप्टेम्बर १७ मा पेजरमा एकपछि अर्को विष्फोट भएको थियो जसमा ३ हजार जना घाइते भएका थिए भने ९१० जनाको ज्यान गएको बताइएको छ । इजरायल यतिमा मात्रै रोकिएको छैन् । इजरायल लेबनानमा झन् आक्रामक बनेको छ ।

विस्फोटको दोस्रो लहर पनि त्यहा देखिएको छ । इजरेलले यस्तो अवस्थाको सृजना गरिदिएको छ कि हिजबुल्लाहका लडाकुहरूले सास फेर्दै छन् भने विस्फोट पनि भइरहेको छ । पेजरहरू पछि वाकीटकी पनि विस्फोट भएको छ ।

पहिलो लहरमा ३ हजार जना घाइते भएका थिए। दोस्रो लहरमा ४५० भन्दा बढी मानिस घाइते भएका छन्भने १५ जना नराम्ररी मारिएको बताइएको छ । यसले हिजबुल्लाह आज गहिरो आघातमा छ। यो घटनापछि इजरायलको आलोचना भएको छ तर इजरायलले खुलेर घोषणा गरेको छ कि हो हामीले यो सबै गरेका छौं र अहिले सम्म तपाईले केहि देख्नुभएको छैन, हामी धेरै गर्न सक्छौं र यो कुरा इजरायलका रक्षामन्त्री र सेना प्रमुख दुबैले दोहोर्याएका छन्। उनीहरुले युद्धको नयाँ चरण सुरु भएको बताएका छन् ।

यी वाकीटकीहरू मुख्यतया लेबनानी हिजबुल्लाह सदस्यहरूले प्रयोग गर्ने गरेका थिए । वाकीटकी आक्रमणलाई पेजर विस्फोट भन्दा ठूलो मानिन्छ। किनभने यसले धेरै घर र कारमा आगो लागेको थियो। हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने ४५० जना घाइते भएका छन् ।

नयाँ विस्फोटहरूले लेबनानभरि डरको नयाँ लहर फैलाएको छ। हिजबुल्लाहले इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । एक इजरायली मिडिया रिपोर्टले भनेका छन् कि इजरायल विश्वास गर्दछ कि मृत्युको संख्या हिजबुल्लाहले रिपोर्ट गरिरहेको भन्दा धेरै हो।

बुधवार, हिजबुल्लाहले प्रयोग गरेको फोन, सौर्य प्यानल र फिंगरप्रिन्ट उपकरणहरू पनि विस्फोटन भएको देखियो। मंगलबार पेजर विष्फोटमा १२ जनाको मृत्यु भएको थियो ।पछि उनीहरुको अन्त्येष्टिको क्रममा विस्फोट भएको थियो। गाडी र पसलमा आगो समेत लागेको थियो ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, ’बेरुतको दक्षिणी उपनगरहरूमा धेरै वाकी–टकी विस्फोटहरू भएका छन् । हिजबुल्लाहसँग सम्बन्धित उद्धार टोलीहरूले कार भित्र पनि विस्फोट भएको पुष्टि गरेका छन्। हिजबुल्लाहको अल मनार टिभीले लेबनानका विभिन्न क्षेत्रमा विस्फोट भएको जानकारी दिएको छ ।

समाचार एजेन्सी एपीले रिपोर्ट गरेको छ कि हिजबुल्लाहले प्रयोग गरेको वाकी–टकी बेरुतमा विस्फोट भएको थियो। यी वाकीटकीहरू पाँच महिनाअघि मात्रै खरिद गरिएको सुरक्षा स्रोतले जनाएको छ । विस्फोट पछि हिजबुल्लाहका बाँकी सदस्यहरूले वाकीटकीजबाट ब्याट्रीहरू हटाउन थालेका थिए ।

तिनीहरूले यसमा जोडिएको धातुको ब्यारेलहरू फ्याँकेका छन् । धेरै तस्बिरहरूमा विस्फोट भएको वाकी–टकीमा मेड इन जापान लेखिएको देखिन्छ। लेबनानी सञ्चारमाध्यमका अनुसार घरमा जडान गरिएको सौर्य ऊर्जामा विष्फोट भएको छ । यो विस्फोटले हिजबुल्लाह भित्रै ठूलो घुसपैठ रहेको अनुमान गरिएको छ ।

इजरायलमा हमासले आक्रमण गरेपछि हिजबुल्लाहले समेत इजरेलमा आक्रमण गर्दै आएको छ । त्यसको बदला अहिले इजरेलले लिएको छ । हिजबुल्लाह विद्रोही र इजरायली सेनाले एकअर्कामाथि हमला गरिरहेका थिए र जसका कारण इजरायलले घाटा बेहोर्नुपरेको थियो ।

इजरायलको उत्तरी क्षेत्रमा बसोबास गर्ने एक हजार जना मानिसहरूलाई प्रा

इमर गोलान हाइट्सबाट बाहिर निकाल्नुपरेको थियो । किनभने हिजबुल्लाहले त्याहा लगातार आक्रमण गरिरहेको थियो। धेरै जसो नागरिकहरू अहिले त्याहाबाट विस्थापित भइसकेका छन् । सिरियामा राष्ट्रपति बसर अल–असदका ला

गि लडिरहेका हिजबुल्लाह लडाकु र इरानद्वारा चलाइने अरू समूहले हिजबुल्लाहसँग समन्वय गर्नका लागि ती पेजर र वाकीटकी प्रयोग गर्ने अरूहरू पनि सो आक्रमणमा परेका छन्। लेबननका लागि इरानी राजदूत मोज्ताबा अमानी पनि विस्फोटका कारण घाइते भएका छन्।

आफूले पेजर बोकेका कारण नभएर पेजर बोक्नेको नजिकै भएका कारण उनी घाइते भएको इरानी दूतावासले जनाएको छ। उनी आफैले बोकेको भए पनि धेरैले आतंककारी मान्ने हिजबुल्लाह समूहले आन्तरिक सञ्चारका लागि प्रयोग गर्ने पेजर बोकेको स्वीकार्न अप्ठ्यारो हुन्थ्यो।

सिमाना नजोडिए पनि इजराइललाई घेराबन्दीमा पार्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इजराइलमाथि आक्रमण गराउँछ।

त्यसैले लेबननका लागि इरानी राजदूतको नजिकै हिजबुल्लाह सदस्य हुनु सामान्य रुपमा लिइएको छ । मंगलबार एकैपटक ती पेजरमा मेसेज पठाइएको थियो। हिजबुल्लाहका वरिष्ठ नेताहरूले सन्देश पठाउने ती पेजरमा मेसेज आएको आवाज (बिप) केही सेकेन्ड बजेर विस्फोट भएको थियो।

मेसेज आउन मिल्ने गरी राखिएका सबै पेजर विस्फोट भएका थिए।उता ताइवानको गोल्ड एपोलो कम्पनीले भने ती पेजर आफूले बनाएको नभएर आफ्नो कम्पनीको लोगो राखेर अर्कै कम्पनीले बनाएको भनेको छ।

घटनापछि कम्पनीका अध्यक्ष र मालिक सू चिङ–क्वाङ्ले नाफाको केही हिस्सा आफूलाई दिने सर्तमा आफ्नो लोकप्रिय मोडेलको लोगो हालेर पेजर बनाउन बिएसी नामको युरोपेली कम्पनीलाई अनुमति दिएको खुलासा गरेका छन्। गोल्ड एपोलोले आफूले ब्रान्डको अनुमति मात्रै दिएको र सो पेजरको डिजाइन र बनाउने प्रक्रियामा अहिले संलग्न नभएको दाबी गरेको छ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.