×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

४ आश्विन २०८१

४ असोज , काठमाण्डौ ।

सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् । प्रतिवेदन अनुशार सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ ।

Advertisement
Advertisement

सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा बढीको दरले लिएको देखिएको छ । लामिछानेले आर्थिक वर्ष ०७८÷०७९मा मात्र ७४ लाख रुपैयाँ लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले ३० लाख लिएका थिए । उनीपछि धेरै तलब लिनेमा विपीन आचार्य देखिएका छन् ।

उनले मासिक झण्डै तीन लाख लिने गरेको देखिएको छ । उनले आर्थिक वर्ष ०७८÷७९मा ३४ लाख ३८ हजार ३८० रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा २५ लाख ९३ हजार बुझेका छन् । ग्यालेक्सी फोरके टेलिभिजनले तलबवापत मात्र १४ करोड ९३ लाख २२ हजार ३३ रुपैयाँ बाँडेको पाइएको छ ।

जसमध्ये अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले कर्मचारीकै नामबाट आर्थिक वर्ष ०७८÷७९मा ३० लाख बुझेका छन् । यस्तै गोर्खा मिडिया नेटवर्क प्रालिमा आर्थिक वर्ष २०७८÷०७९ सम्म ६ करोड ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की प्रवाह भएको जनाएको छ ।

प्रतिवेदनमा जनाए अनुसार उक्त पेस्की रकम हालसम्म फ्छ्यौट हुन सकेको छैन । ‘नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ, गोपीकृष्ण मुभिज प्रालिका नाममा ८१ लाख २५ हजार रुपैयाँ, ग्रीन ट्री डेभलपर्स प्रालिको नाममा ५५ लाख रुपैयाँ पेस्की गएको समितिको ठहर छ ।

यस्तै, आस्रा इन्टरनेशनल प्रालिको नाममा ५० लाख ७२ हजार १६ रुपैयाँ, जुनकिरी इन्टरएक्टिभ प्रालिको नाममा ४० लाख, कार्य बोक्र्स प्रालिको नाममा १० लाख, अयान्स टेक्नोलोजी प्रालिको नाममा ५ लाख ८१ हजार र अन्य ५ लाख ७० हजार ६८६ रुपैयाँ गरी जम्मा करोड लाख ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की गएको समितिले जनाएको छ ।

समितिका अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७÷०७८ मा नोबडी प्रोडक्सन प्रालिलाई ५ करोड ३५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८÷०७९ सम्म पनि ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ फर्छ्यौट भएको छैन ।

यस्तै, गोपीकृष्ण मुभिज प्रालिलाई आर्थिक वर्ष २०७७÷०७८ मा २५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा थप ६६ लाख २५ हजार रुपैयाँ गरी ८१ लाख २५ हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ । गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८÷०७९ मा कर्मचारीहरूलाई एक करोड १७ लाख ३० हजार ८९२ रुपैयाँ पेस्की दिएको समितिले जनाएको छ ।

जस अनुसार शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रुपैयाँ, रवि लामिछानेले १७ लाख १८६ रुपैयाँ, विपिन कुमार आचार्यले ९ लाख ७९ हजार ९१२ रुपैयाँ, पुष्पराज गिरीले ६ लाख १२ हजार १९ रुपैयाँ, टीकाराम राईले एक लाख ८५ हजार रुपैयाँ र अन्य एक लाख ५० हजार ५७७ रुपैयाँ पेस्की प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा शम्भु गुरागाईंले कर्मचारी पेस्की बापत ८१ लाख ३ हजार १९८ रुपैयाँ लिइ आर्थिक वर्ष २०७८÷०७९ सम्म पनि पेस्की फर्छ्यौट गरेका छैनन् ।यस्तै रवि लामिछानेले आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी पेस्कीबापत पटकपटक गरी लिएको १७ लाख १८६ रुपैयाँ पनि फर्छ्यौट हुन बाँकी रहेको समितिले जनाएको छ ।

यता सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेलले रवि लामिछानेले बीचैमा धोका दिँदा सबै समस्या आएको बताएका छन् । उनले संसदीय छानबिन समितिलाई दिएको बयानमा यस्तो बताएका हुन् । उनी ठगी मुद्दामा अहिले कारागार कार्यालय कास्कीमा रहेका छन् ।

उनले बयानमा भनेका छन्, “निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ ।

ग्यालेक्सी टीभीमा कम्तिमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो ।”

यस्तै समितिले सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा २२ करोड ४६ लाख ३० हजार रुपैयाँ कानुन विपरीत गएको उल्लेख गरेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले उक्त पैसा मिडियामा लगेका हुन् ।

‘राईले विभिन्न आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेस्की गरी जम्मा रु २ अर्ब ५८ करोड बराबरको रकम पठाई अपचलन भएको पाइएको छ‚’ शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा लेखिएको छ ।

प्रतिवेदन अनुसार ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा राईले जम्मा गरेका हुन् । यता छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५० ५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।

उनले गोरखा मिडियामा सहकारीको रकम ल्याउने सम्बन्धीका सबै काम जीबी राईले नै गरेको बताएका छन् । उनले बयानमा भनेका छन्, “सेयर लिँदा पनि पैसा दिएको पनि होइन र संस्था छाड्दा पनि कुनै लेनदेन भएको छैन ।”

यस्तै प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएको उल्लेख छ । उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top