×

NEPAL TIMES UPDATES

Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026

प्रचण्डले सम्झिए वीरेन्द्रको शान्ति क्षेत्रसम्बन्धी प्रस्ताव

४ आश्विन २०८१

४ असोज , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको धारणा राखेका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट बचाउन यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।

Advertisement

उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताए । प्रचण्डले पञ्चायतकालमै तत्कालीन राजा वीरेन्द्रले गरेको शान्ति क्षेत्रसम्बन्धी प्रस्तावलाई पनि स्मरण गरे । तत्कालीन राजनीतिक परिस्थितिका कारण यसबारे पक्ष–विपक्षमा मत भए पनि अब एकमत हुन सक्ने अवस्था रहेको उनले उल्लेख गरे ।

‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’, उनले भने, ‘अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा खुला छलफल गर्ने पक्षमा छु, हामी पार्टीबाटै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ ।’

आफूहरू केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यहीँबाट एउटा प्रस्तावको रुपमा लैजान सकिने पनि उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गरे ।

यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको उनले बताए । दाहालले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग रहने प्रतिबद्धता जनाए । १० वर्षे सशस्त्र संघर्ष गरेर आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति क्षेत्रको वकालत गरिरहँदा आजभन्दा ५१ वर्षअघि नै तत्कालीन राजा वीरेन्द्रले यो कुरालाई विश्वमञ्चमा लगेका थिए ।

सन् २०३० मा अल्जेरियामा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजा वीरेन्द्रले शान्ति क्षेत्र प्रस्तावको अवधारणा पहिलो पटक सार्वजनिक गरेका थिए । सम्मेलनमा राजा वीरेन्द्रले विश्वका दुई ठूला देशहरू चीन र भातरबीच अवस्थित नेपालले आफ्नो भूगोल शान्ति क्षेत्र रहनुपर्ने इच्छा राखेको उल्लेख गरेका थिए ।

वीरेन्द्रले सन् २०२९ मा जनवरीमा रागद्दी सम्हालेका थिए । त्यसपछि अल्जेरियामा आयोजित असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिँदै उनले उक्त कुरा राखेका थिए । सम्मेलन लगत्तै उनी भारत भ्रमणमा निस्केका थिए । राजा वीरेन्द्रले सन् भारतपछि चीनको भ्रमण पनि गरेका थिए ।

उक्त भ्रमणपछि सन् २०३२ फागुनमा आफ्नो राज्याभिषेक समापनमा विभिन्न देशका पाहुनामाझ उनले औपचारिक रूपमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने प्रस्ताव गरेका थिए । उनले राजनीतिक रूपमा स्थिर नेपालका लागि शान्ति चाहिने आवश्यक रहेको बताउँदै त्यसका लागि असंलग्न विदेश नीति अंगिकार गर्ने बताएका थिए ।

राजा वीरेन्द्रको प्रस्तावमा अमेरिका, चीन, पाकिस्तान, फ्रान्स र बेलायतसहित ११६ धेरै देशले समर्थन जनाए । तर छिमेकी भारत विरोधमा उभियो । राजा वीरेन्द्रको प्रस्तावअनुसार नेपालको तत्कालीन संविधानमा पनि उक्त कुरा समेटियो ।

Advertisement

नेपालको उक्त प्रस्तावलाई उत्तरी छिमेकी चीनले सबैभन्दा पहिले समर्थन जनाएको थियो । वीरेन्द्र सन् २०४० सालमा अमेरिका जाँदा राष्ट्रपति रोनल्ड रेगनले उनको प्रस्तावमा समर्थन जनाएका थिए । प्रस्तावलाई मूर्त रुप दिन रेगनले छिमेकी देशहरूसँग मिलेर काम गर्न पनि सुझाएका थिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top