विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी

५ असोज ८१, आइतबार

६ असोज, काठमाण्डौ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने । यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल छ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ ।

७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो । क्यानडा भ्रमणका क्रममा पनि नेपालले घरेलु टोली र ओमानसँग एक÷एक खेल हारिसकेको अवस्थामा आजको खेल जितेर नेपाललाई खेलमा फर्किने अवसर छ ।

लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा छ । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे ।

तर, नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन । पहिलो खेलमा लिग २ मा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकी ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।

नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरूरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । जित्नु पर्ने दबाबमा रहेको नेपालले क्यानडासँगको दोस्रो खेलमा पहिलो खेल खेलेका केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ ।

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी–२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ कै लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top