×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

ला लिगाः तेस्रो खेलमा एमबाप्पेको चौथो गोल

६ आश्विन २०८१

६ असोज, एजेन्सी ।

इङ्गलिस प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । जसमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्ट खेल्दैछन् । सिटी र आर्सनलको खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुनेछ । साविक वितेजा सिटी यो सिजन चार खेलमा अपराजित छ ।

Advertisement
Advertisement

दोस्रो स्थानमा रहेको सिटीको १२ अङ्क छ । समान चार खेलमा १० अङ्कका साथ आर्सनल पाँचौ स्थानमा छ । उसले तीन खेल जित्दा एक खेल बराबरी खेलेको छ । त्यसअघि आजै ब्राइटन र नटिङघम फरेस्ट पौने ७ बजे खेल्नेछन् । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यामलाई समान ३–० गोलले हरायो ।

जीतसँगै लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । चेल्सीको पाँच खेलमा १० अङ्क भएको छ । चेल्सी चौथो स्थानमा छ । एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो स्थानमा छ ।

अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले बे्रन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो । लेस्टरसिटी र एभर्टनले एक÷एक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

उता केलियन एमबाप्पेको गोलबाट प्रेरित रियल मड्रिडले स्पेनिस लिगमा जित निकालेको छ ।शनिबार राति रियल मड्रिडले एस्पेनयोललाई ४–१ ले हराएको हो । ला लिगाको आफ्नो तेस्रो खेलमा एमबाप्पेले चौथो गोल गरे । जसमा रियलले पुनरागमन जित निकाल्न सफल रह्यो ।

दोस्रो हाफको नवौं मिनेटमा गोलकिपर थिबाउ कोर्टोईसले आफ्नै पोस्ट जोफ्रे केरेरासको क्रसलाई छिराएपछि रियल खेलमा पछि परेको थियो । त्यसको चार मिनेटमा ड्यानी कार्भाजलले रियलका लागि बराबरी गोल फर्काए ।

ब्राजिली खेलाडी रोड्रिगो र भिनिसियस जुनियरले लगातार गोल गरेपछि रियल ३–१ को अवस्थामा पुगेको थियो । खेलको अन्तिम मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई ४–१ को शानदार जित दिलाए ।

रियलले लिगको सुरुवाती ६ खेल मध्य चार खेलमा जित निकालेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा एक अंकले पछि छ । रियलको १४ अंक छ । एस्पेनयोल ७ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

यता ह्यारी केनले बुन्डेसलिगामा नयाँ कीर्तिमान राख्दा बायर्न म्युनिखले भने शानदार जित निकालेको छ । ह्यारी केन प्रेरित बायर्नले जर्मन बुन्डेसलिगामा बेर्डन ब्रेमेनलाई ५–० ले हराएको छ । केन बुन्डेसलिगाको ईतिहासमा सबैभन्दा धेरै लिग गोल गर्ने पहिलो ईङ्लिस खेलाडी बनेका छन् ।

उनले ४१ लिग गोल गरेका छन् । माइकल ओलिस र जमाल मुसियालाले पहिलो हाफमै बायर्नलाई सहज अग्रता दिलाएका थिए । ओलिसले दोस्रो हाफका दोस्रो गोल थपेपछि केनले गोलकिपरलाई समेत छलाएर गोल गरेका थिए । सर्ज गनाब्रीले बायर्नका लागि पाँचौं गोल

गरे । ईङ्ल्याण्डका जाडोन सान्चोले बुन्डेसलिगामा ४० औं गोल गरेका थिए । उनले बोरुसिया डर्टमण्डबाट यो इतिहास राखेका थिए । तर उनलाई ईङ्ल्याण्डका कप्तान केनले पछि पारेका छन् । जित सहित बायर्नले चार खेलमा शतप्रतिशत जित सहित तालिकाको शीर्ष स्थानमा आफुलाई राख्न सफल भएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top