NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु शनिबार अशोज २५ , २०८२
चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो शनिबार अशोज २५ , २०८२
सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई शनिबार अशोज २५ , २०८२
एमाले भित्रै ओली घे रा ब न्दी मा शनिबार अशोज २५ , २०८२
Next
Prev

समाचार

रविलाई कसले बलि चढाउन खोज्यो ? मध्यरातमा ओलीलाई दिए चेतावनी

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
रवि भन्छन्-सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ असोज, काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी प्रकरणमा कुनै पनि बेला पक्राउ पर्ने आशंकाका बीच गएको मध्यरातसम्म रास्वप मुख्यालयमा नेता कार्यकर्ताको भिडभाड देखियो ।

आफूलाई पक्राउ गर्ने भनी सरकारले मिडिया ट्रायल गरेको भन्दै मध्यरातमा संचारकर्मीमाझ प्रत्यक्ष रुपमा उपस्थित भएका रविले आफूविरुद्ध षडयन्त्र रचिएको भन्दै त्यसविरुद्ध उभिन सबै नेता कार्यकर्तामा अपिल समेत गरेका छन् ।

आफू पटक पटक निशानामा परेको भन्दै राज्य संयन्त्रको कुनैपनि अनुशन्धान प्रक्रियामा सहयोग गर्न तयार रहेपनि षड्यन्त्र रुपमा आफूमाथि प्रहार भएको भन्दै न्यायका पक्षमा उभिन उनले आग्रह गरेका छन् ।

उनले कार्यकर्तालाई सत्यको पक्षमा उभिन आग्रह गर्दै भनेका छन्, ‘व्यक्ति रवि लामिछानेका लागि होइन । सत्यको लागि न्यायका लागि लड्न तयार हुनुहोस् ।’ सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले कसैको राजनीति जोगाउन यस्तो गरिएको दाबी गरे । ‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भनेका छन् ।

लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे ।‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, उनले भनेका छन् ।

कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै उनले प्रश्न गरेका छन् । उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु। छानबिनका लागि सघाउन ।’

उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए ।त्यस्तै, उनले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने, आफूले केही नबिराएको र नडराएको बताए । तर अन्याय नसहने उनले उद्घोष गरेका छन् ।

‘सबैलाई हेक्का रहोस् कि रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो’, उनले भने, ‘प्रहरीको अनुसन्धानले दोषी देखिएको छैन भन्छ, अदालतमा मुद्दा गएको छ प्रतिवादी छैन भन्छ, कसैको बयानले बोलेको छैन, देशको प्रहरी प्रमुखले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन भन्छन् ।

सहकारी समितिले पनि सहकारीको रकम ल्याएकोबारे केही निर्णय गरेको छैन भन्छ । तर कुन नयाँ तथ्य आयो र यसरी गर्न खोजियो ।’ उनले आफू नभागेको बताए । ‘म भागेको छैन । गल्ती गर्ने भागेका छन् । तर सरकारको यो कदममा शंका छ । अन्याय गर्न पाइँदैन’, उनले भनेका छन् ।

त्यस्तै, उनले आफूमाथि षड्यन्त्र भएको र अन्याय भएको भन्दै आफ्ना कार्यकर्तालाई अलर्ट हुन निर्देशन पनि दिए । ’सरकारले पक्राउ पुर्जी जारी नगरिएको भन्ने जानकारी आएको लामिछानेले उल्लेख गर्दै भने, ‘हुन त सरकारको भरोसा छैन । यसरी सानो पार्टीबाट डराएको सुहाएन ।’

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउनु चेतावनी दिएका छन् । गएराति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन्।

लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यु,फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि‘’ आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो।

पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शिर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए।

छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए। यसैबीच उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको एक दर्जन रास्वपा नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ। वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ।

Tags: #रवि लामिछाने#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२

विचार

थप समाचार

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु
समाज

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति
अन्तर्राष्ट्रिय

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो
कोशी

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
खेलकुद

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

शनिबार अशोज २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.