×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

चिरञ्जीवीले राखे रेकर्ड, गिनिज बुकमा लेखियो नाम

७ आश्विन २०८१

७ असोज,  काठमाण्डौ ।

मेगा स्टारका रुपमा परिचित दक्षिण भारतीय फिल्मस्टार कोनिडेला चिरञ्जीवीका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनको नाम गिनिज वर्ल्ड रेकर्डमा लेखिएको छ । गिनिज वर्ल्ड रेकर्डमा नाम लेखिने गरी उनले के गरे ?

Advertisement
Advertisement

भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ । आइतबार हैदराबादमा आयोजित एक कार्यक्रममा यो सम्मान प्रदान गरिएको हो । बलिउड स्टार आमिर खानले चिरञ्जीवीलाई यो प्रमाणपत्र दिएका थिए ।

चिरञ्जीवीको नाम १५६ फिल्ममा ५३७ गीतमा २४ हजार डान्स मूभ प्रदर्शन गरेर गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो । ‘म यो क्षण कहिल्यै बिर्सने छैन । नृत्यको लागि सम्मानित हुनु ठुलो कुरा हो । डान्सले मलाई स्टार बनायो ।’ सम्मान समारोहमा उनले भनेका थिए ।

आमिर खानले भने, ‘तपाईंहरूजस्तै म पनि चिरञ्जीवी गारुको फ्यान हुँ । उनी मेरो ठूल्दाजु जस्तै छन् । उनलाई जुनसुकै गीतमा हेरौँ, उनी मनैदेखि नाच्छन् । उनीबाहेक आँखै अन्त जाँदैन ।’ आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले पनि अवार्ड पाएको भिडियो शेयर गरेर चिरञ्जीवीलाई एक्सलाई बधाई दिएका छन् ।

‘गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकोमा म मेगा स्टार र पद्मविभूषणबाट सम्मानित चिरञ्जीवी गारुलाई बधाई दिन चाहन्छु । उनले आफ्नो कला मार्फत तेलुगु सिनेमामा अतुलनीय योगदान दिएका छन् । यसले विश्वभर तेलुगुको सम्मान बढाएको छ ।’

चिरञ्जीवीले सन् २००६ मा भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण प्राप्त गरेका थिए । सोही वर्ष उनलाई आन्ध्र विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।उनी फिल्मफेयर अवार्ड साउथका नौ पटकका विजेता र नन्दी अवार्डका तीन पटकका विजेता हुन्।

२०१४ मा उनलाई तेंगकु अदनान तेंगकु मन्सरको तर्फबाट तेस्रो दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारमा भारतीय सिनेमाको अन्तर्राष्ट्रिय अनुहारबाट सम्मानित गरिएको थियो । सन् १९८७ मा ओस्कार समारोहमा आमन्त्रित हुने दक्षिण भारतबाट उनी पहिलो अभिनेता थिए ।

२०२४ मा उनलाई पद्म विभूषणबाट सम्मानित गरिएको छ । चिरञ्जीवी राजनीतिमा पनि त्यतिनै सक्रिय रहेका छन् । २००८ मा उनले तिरुपति, आन्ध्र प्रदेशमा आफ्नो राजनीतिक पार्टी, प्रजा राज्यम पार्टी गठन गरेका थिए । जसले २००९मा आन्ध्र प्रदेश विधान सभा चुनाव मा १८ सिटमा जित हासिल गरेको थियो ।

Advertisement

पछि उनले आफ्नो पार्टीलाई इन्डियन नेशनल काग्रेससँग विलय गराए । २०१२ मा काग्रैसबाटै राज्यसभा सदस्य बनेका चिरञ्जीवी २०१३ मा केन्द्रीय सरकारको पर्यटन मन्त्री समेत बनिसकेका छन् । दक्षिण भारतकै चर्चित अभिनेता रामचरण उनका छोरा हुन् । पवन कल्याण उनका भाइ हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top