शेयर बजार विश्लेषकको भर नपर्नु, यथार्थ बुझेर लगानी गर्नु

६ असोज ८१, सोमबार

७ असोज, काठमाण्डौ ।

शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार सामान्य बढेको बजार सोमबार भने धराशायी भएकै हो । बजारमापक परिसूचक नेप्से यस दिन ५९.०२ अंकले घटी २५२९.३३ को बिन्दुमा आइपुगेको छ ।

कारोबारमा आएका मध्ये २ सय २९ कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा १४ कम्पनीको मूल्य भने बढेको छ । एक कम्पनीको मूल्य यथावत् छ । सोमबार हिमालयन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.८४ प्रतिशतले कमाएका छन् ।

गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्ल्कसी क्याप फन्ड र इस्टर्न हाइड्रो पावर लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतको गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज तीन सय २९ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ ।  नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । नेप्सेले नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको जनाएको छ ।

फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सक्ने नेप्सेले सूचनामा उल्लेख गरेको छ । त्यसैले, यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले सबैलाई अनुरोध गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top