×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

यो साताभर देशका धेरै ठाउँमा पानी पर्ने

८ आश्विन २०८१

८ असोज , विराटनगर।

पछिल्ला साताहरुमा बढ्दो तापक्रमले आक्रान्त पारेका बेला आज बिहानैदेखि भने देशभरको मौसम बदली भई केही स्थानमा वर्षा भएको छ भने आकाशमा बादल लागेको छ । यसले हिजोअस्तीको तुलनामा केही शितल महशुस भएको छ ।

यस्तै मौसमविद्हरुले यो साता भर अर्थात आउँदो १२ गतेसम्म नै विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानदेखि कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक÷दुई स्थानमा भारी वर्षासमेत भएको छ ।

महाशाखाका अनुसार दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखााका अनुसार आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस क्रममा राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मौसमविद्का अनुसार आजदेखि मनसुनसँगै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि प्रभाव परेकाले देशभर मौसम बदली र वर्षा बढ्ने भएको हो । मौसम महाशाखाले हिजै साँझ विशेष बुलेटिन जारी गरी आजदेखि ५ दिनसम्म देशव्यापी रूपमा मौसम बदली र व्यापक वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो।

शनिवारसम्म पानी पर्ने भए पनि निरन्तरको झरी नभएर केहीबेर रोकिँदै अनि पानी पर्दै गर्ने मौसमविद्ले जानकारी दिएका छन् । मनसुनी वायुसँगै बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभाव लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा बढी छ भने देशैभर बदली भई विभिन्न ठाउँमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको हो ।

महाशाखाले इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका २७ जिल्लामा वर्षा र यसको जोखिम रहने जनाएको छ ।

महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

यस्तै उच्च जोखिममा रहेका जिल्लामा वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको सम्भावना भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top